८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३ लन्च गरेको छ । कम्पनीले सो कारको लिमिटेड एडिसन मात्र बजारमा ल्याएको हो ।

रिपोर्टका अनुसार लामो समयदेखि प्रतीक्षामा रहेको सो कार असामान्य तरिकाले बिक्री भएको छ । सो कारको सबै युनिट मात्र ४८० सेकेन्ड बिक्री भएको थियो । कम्पनीले यसको मूल्य पुरानो मोडलको तुलनामा ५० प्रतिशत बढाएको थियो । यो फक्सवागन गल्फको अहिलेसम्मकै सबैभन्दा महँगो भेरिएन्ट भएको छ ।

फक्सवागनले गल्फ आर ३३३ जर्मनीमा ७६ हजार ४१० युरोमा लन्च गरेको थियो । यसअघि २०२२ मा लन्च भएको गल्फको मूल्य ५९ लाख ९९५ युरो थियो ।

कम्पनीले गल्फको स्पेसल एडिसनमा २.० लिटर टर्बोचार्ज इन्जिन दिएको छ । सो इन्जिनले ३२८ हर्स पावर उत्पादन गर्छ र यसको पिक टर्क ४२० एनएमको छ । सो कारको विशेषता भनेको यसको टप स्पिड र पिकअप हो ।

कम्पनीले यसको डिजाइनमा पनि परिवर्तन गरेको छ । यसको अगाडिको ग्रिल र बम्पर परिवर्तन गरिएको छ । साथै, यसको लाइट पनि आकर्षक बनाइएको छ । यसमा नयाँ फिचर पनि समावेश गरिएको छ र कारमा प्यानोरामिक सनरुफ पनि थपिएको छ ।

सम्बन्धित समाचारहरू

दीगो इलेक्ट्रिक गाडीमा मनकामना जाने आउने सुविधा : प्रतिव्यक्ति १ हजार मात्र

दीगो इलेक्ट्रिक गाडीमा मनकामना जाने आउने सुविधा : प्रतिव्यक्ति १ हजार मात्र

काठमाडौं – काठमाडौंबाट गोर्खाको मनकामना मन्दिर पुग्नका लागि दीगोका...

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

नेपाली बजारका लागि लामो समयदेखी प्रतिक्षा गरिँदै आएको वुलिङ एयर इभीको...

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...