भल्भोले ल्यायो कार चोरीबाट जोगाउन नयाँ भेइकल ट्रयाकिङ डिभाइस

भल्भो कार चोरी र अपराध विरुद्ध लड्न नयाँ सर्भिसमा काम गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई नयाँ गाडी ट्रयाकिङ एसेसरी प्रदान गर्नका लागि भोडाफोन अटोमोटिभसँग साझेदारी गरेको छ । भोडाफोन अटोमोटिभ भीटीएस एस५ नाम दिइएको यो डिभाइस सबै भल्भो मोडलका लागि उपलब्ध हुनेछ । उक्त ट्रयाकिङ डिभाइसको मूल्य ५९५ पाउण्ड रहेको छ ।

यसमा फिटिङ, भ्याट र चोरी भएको सवारी साधन रिकभरी सेवाको तीन वर्षको सदस्यता पनि समावेश छ । यो नयाँ सर्भिसले भारतलगायत विभिन्न ४४ युरोपेली देशहरूमा स्थानीय प्रहरीको सहयोगमा काम गर्छ । सो डिभाइसले फंक्सन अपरेट गर्नको लागि इन्टरनेट अफ थिग्स टेक्नोलोजीको प्रयोग गर्छ ।

सो डिभाइसको ट्रयाकिङ फंक्शन ७ दिन २४ सै घन्टा कार्य गर्छ । साथै कारको लोकेसन १० मिटरमा कारको ट्रयाक गर्न सकिन्छ । कारमा सम्बन्धित एपको प्रयोग गरेर चालकले वास्तविक समयमा आफ्नो कारको स्थान निगरानी गर्न सकिन्छ । सो डिभाइसले कारको पुरानो डाटा जाँच गर्न पनि सकिन्छ । चालकले कारमा हिड्दा वा ड्राइभ गर्दा पनि डाइरेक्सन देख्न सकिन्छ ।

ट्रयाकिङ सिस्टमले अटोमेटिक रुपले प्रयोगकर्ताले प्राप्त गरेको सानो कार्डलाई पहिचान गर्छ र कार चोरी भएको वा कार्ड नभएको खण्डमा तुरुन्तै भोडाफोन अटोमोटिभलाई सचेत गराउँछ । यद्यपि कारमा नक्कली अलर्ट रोक्नका लागि केही विशेष मोड समावेश गरेको छ । यदि कार ग्यारेजमा सारिएको छ भने पनि सो डिभाइसलाई सक्रिय गर्न सकिन्छ ।

कारको ब्याट्री चोरीको सम्भावना, कारलाई टाढा लिएर गएमा वा चोरीको प्रयासमा पनि डिभाइस सक्रिय हुन्छ । यदि कार चोरी भएको छ भने भोडाफोन अटोमोटिभ अपरेटरले कारको स्थानको मिनेट÷मिनेटको लग प्रदान गरी स्थानीय प्रहरीसँग सम्पर्क गर्छ ।

सम्बन्धित समाचारहरू

उनो मिन्डाले ल्यायो कारमा प्रयोग गरिने इन्फोटेनमेन्ट सिस्टम

उनो मिन्डाले ल्यायो कारमा प्रयोग गरिने इन्फोटेनमेन्ट सिस्टम

आफ्टर मार्केट व्यवसायमा परिचित ब्रान्ड उनो मिन्डाले आफ्नो कार...

काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौं – ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई...

के हो आईएमटी गियरबक्स, जान्नुहोस् यसका फाइदा

के हो आईएमटी गियरबक्स, जान्नुहोस् यसका फाइदा

कार बजारमा मुख्यतया म्यानुअल र अटोमेटिक गरी २ प्रकारका कारहरू उपलब्ध छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...