कथा : जय बिजुली गाडी
ऊफ !! अब १७ प्रतिशतमात्र ब्याट्रीको चार्ज बाँकी छ, काठमाडौसम्म पुग्न ३४ किमी...
भल्भोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स६० गुगल जेमिनी एआई सहित प्रस्तुत गरेको छ । जनवरी २१, २०२६ मा विश्वव्यापी रूपमा पेश गरिएको सो गाडी कार नभई सुपर कम्प्युटरका रूपमा चिनिन थालेको छ।
ईएक्स६० को सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसमा समावेश गरिएको गुगल जेमिनी एआई हो। यस एआईले कार र चालकबीचको सम्बन्धलाई पूर्ण रूपमा नयाँ स्तरमा पुर्याएको छ। यसअघिका कारहरूमा सीमित भ्वाइस कमाण्ड प्रयोग गरिन्थ्यो भने ईएक्स६० मा चालकले कारसँग सामान्य मानिससँग जस्तै कुरा गर्न सक्छ।
यस एआईलाई जिमेल र क्यालेन्डरसँग पनि एकीकृत गरिएको छ। चालकले गाडी चलाउँदै गर्दा आफ्नो बैठकको तालिका व्यवस्थापन गर्न, इमेलबाट ठेगाना निकालेर सिधै नेभिगेसनमा राख्न तथा सन्देशहरू व्यवस्थित गर्न सक्ने सुविधा पाउनेछ ।
ईएक्स६० भल्भोको नयाँ एसपीए३ ८०० भोल्ट प्लेटफर्ममा आधारित छ। कम्पनीले यसलाई ३ भेरिएन्टमा पेश गरेको छ । यसको पी६ रियर ह्विल ड्राइभ भेरिएन्टमा ३७४ हर्सपावर र ८० किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले करिब ६२० किलोमिटरको रेन्ज प्रदान गर्छ। पी१० अल ह्विल ड्राइभ भेरिएन्टमा ५०३ हर्सपावर र ९१ किलोवाट आवरको ब्याट्री छ, जसको रेन्ज ७२० किलोमिटर दाबी गरिएको छ। सबैभन्दा शक्तिशाली पी१२ भेरिएन्टमा ६७० हर्सपावर, शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ३.५ सेकेन्डमा हासिल गर्ने क्षमता र ८१० किलोमिटरको रेन्ज रहेको छ।
यसमा १५ इन्चको ठूलो ओएलईडी स्क्रिन, बोवर्स एण्ड विल्किन्सको प्रिमियम साउन्ड सिस्टम र टेस्लाको सुपरचार्जरसँग मिल्ने एनएसीएस पोर्ट जडान गरिएको छ। मेगा कास्टिङ प्रविधिबाट तयार गरिएको यसको संरचनाले गाडीलाई हलुका तर बलियो बनाएको छ।
ऊफ !! अब १७ प्रतिशतमात्र ब्याट्रीको चार्ज बाँकी छ, काठमाडौसम्म पुग्न ३४ किमी...
युरोपको सबैभन्दा ठूलो मोटर शो ‘द म्युनिख मोटर शो २०२१’ जर्मनीको म्युनिखमा...
काठमाडौं – २० लाख रुपैयाँ हाराहारीमा सानो र कम्प्याक्ट ईभी किन्नेका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...