शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

काठमाडौं– फक्सवागनको नयाँ सेडान कार नेपाल भित्रिएको छ । साउन २१ गतेदेखी सुरु हुने नाइमा मोबिलिटी एक्सपोमार्फत लन्च हुने तयारीमा रहेको फक्सवागन भर्टुस शोरुममा आइपुगेको हो ।

फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेश्नल नेपालले ल्याएको सो नयाँ कारमा १.० लिटर टीएसआई इन्जिन जडान गरिएको छ । यद्यपी भारतिय बजारमा भने यो कार १.५ लिटर इन्जिन अप्सनमा समेत उपलब्ध छ ।

भारतमा उत्पादन भएको यस कारलाई फक्सवागनले कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार पारेको हो । कारमा स्लीक र्यापअराउण्ड हेडलाइट दिइएको छ ।

आधुनिक क्याविन लेआउटमा सजिएको यस कारमा १० इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, सनरुफ, वायरलेस चार्जर र ८ वटा स्पीकरसहितको अडियो सिस्टम पाउन सकिन्छ ।

फक्सवागन भर्टुसले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

सम्बन्धित समाचारहरू

शिकागो अटो शोमा कल, म्यासेज र डेटा एक्सेस भएका कार

शिकागो अटो शोमा कल, म्यासेज र डेटा एक्सेस भएका कार

अमेरिकामा कोभिड–१९ को महामारी पछि पहिलो पटक शिकागो अटो शो आयोजना भएको छ ।...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

युरोपियन ब्रान्ड फक्सवागन र स्कोडाले भारतमा निर्माण गरेको दुई नयाँ कारले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...