खर्च कटौतीका लागि फक्सवागनले डुकाटीको भविष्यमाथि थाल्यो छलफल

काठमाडौं–फक्सवागन ग्रुपले आफ्नो व्यापारिक पुनर्संरचना योजनाको एक भागका रूपमा प्रसिद्ध इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड डुकाटी बेच्ने सम्भावनाबारे छलफल सुरु गरेको छ ।

औडीका प्रमुख कार्यकारी अधिकृत गेर्नोट डोलनरका अनुसार समूहको पोर्टफोलियो पुनरावलोकन गर्ने क्रममा डुकाटीको भविष्यबारे पनि सक्रिय रूपमा छलफल भइरहेको छ । यद्यपि, ब्रान्ड बिक्री गर्ने विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय भने भइसकेको छैन ।

‘फक्सवागन ग्रुपभित्र हामी जिम्मेवार र अनुशासित पोर्टफोलियो व्यवस्थापनका लागि प्रतिबद्ध छौँ,’ डोलनरले भने, ‘मूल्याङ्कन प्रक्रियाकै एउटा हिस्साका रूपमा हामी डुकाटीका विषयमा पनि कुरा गर्नेछौँ, तर अझै केही निर्णय भइसकेको छैन ।’

सन् २०१२ देखि फोक्सवागनको औडी डिभिजनअन्तर्गत रहँदै आएको डुकाटीलाई अहिले पुनर्संरचना योजनाका क्रममा समीक्षा गरिएका ६०० व्यापारिक एकाइहरूमध्ये राखिएको छ ।

कम्पनीले आफ्नो सञ्चालन खर्च घटाउन र मुख्य कार व्यवसायमा ध्यान केन्द्रित गर्न आफ्ना सहायक कम्पनी तथा धारणाहरूलाई करिब एक तिहाइले घटाउने लक्ष्य लिएको छ ।

यदि फक्सवागन ग्रुपले डुकाटी बेच्ने निर्णय स्वीकृत गरेमा, यो प्रतिष्ठित मोटरसाइकल ब्रान्ड कसले खरिद गर्ला भन्ने विषयमा अटोमोबाइल क्षेत्रमा चासो र चर्चा सुरु भएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...