स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
काठमाडौं – आज नेपाली बजारमा फक्सवागनको बहुचर्चित एसयूभी टाइगुन लन्च हुने भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले औपचारिक रुपमा सो एसयूभी सार्वजनिक गर्ने बताएको छ ।
९९९ सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिनयुक्त फक्सवागन टाइगुनले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । टाइगुन एसयूभीको लन्चिङ पश्चात फक्सवागनको मिड–साइज कम्प्याक्ट एसयूभीका लागि व्यग्रतापूर्वक प्रतीक्षारत नेपाली कार प्रेमीहरुको प्रतीक्षाको घडि समाप्त हुनेछ । भारतीय बजारमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुनले नेपाली बजारमा पनि राम्रो प्रतिक्रिया जनाउने अपेक्षा गरिएको छ ।
नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्नो क्लास लिडिङ ठूला एसयूभीको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।
कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।
१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ ।
यो गाडीलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउन कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ड्राइभर डिस्प्ले, सनरुफ, वायरलेस चार्जिङ, १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, फ्ल्याट बटम स्टेयरिङ ह्विल र १७ इन्चको ड्युअल टोन अलोय ह्विलजस्ता फिचर्स समाबेश गरेको छ । त्यसैगरी ६ वटासम्म एयर ब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर्स थप गरिएको छ ।
नेपाली बजारमा यसको प्रारम्भिक मूल्य ५१ लाख रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । केही दिन पहिले नेपाली बजारमा सार्वजनिक भइसकेको स्कोडा कुशाकसँग यसको सीधा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी बजारमा उपलब्ध किया सेल्टोस र हुन्डाई क्रेटा आदि एसयूभीसँग समेत यसको प्रतिस्पर्धा हुनेछ ।
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
फक्सवागनले चाँडै नै भारतीय बजारमा नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेको...
फक्सवागनले छैटौं जेनेरेसन फक्सवागन पोलो फेसलिफ्ट कार अन्तर्राष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...