फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गरिने

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले हिजो काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले सो एसयूभी सार्वजनिक गरे ।

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचार्ज्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ एचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभीको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।

फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडल जस्तै टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।

टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्नेछ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने छ भन्ने कुरामा कम्पनी विश्वस्त भएको बताएको छ ।

कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ । फक्सवागनले पहिले देखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्ष्यित छ ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ लाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ । इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ ।

फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ ।

पत्रकार सम्मेलनमा पूजा इन्टरनेसनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले भने ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।

यी मध्ये धेरै फिचर देख्न नसकिने भएकाले धेरै चर्चामा आएको पाइदैन । तर सुरक्षाको मामिलामा भने यी फिचर निकै नै महत्वपूर्ण छन् । उदाहरणका लागि कुनै अवस्थामा कार अन्य कारसँग ठोकिने अवस्थामा मल्टी–कोलिजन ब्रेकले त्यसलाई रोक्छ र यात्रुहरुलाई थप जोखिम हुनबाट बचाउछ । त्यसैगरी अचानक दुर्घटना हुने अवस्थामा हाई–स्ट्रेन्थ स्टिल स्ट्रक्चरले चारैतिरबाट यात्रुलाई पर्न जाने धक्कालाई कम गराउछ ।

फक्सवागनमा प्रसिद्ध टीएसआई प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भन्नु नै परम्परागत पुरानो इन्जिन भन्दा कम सीसीबाट नै अत्याधुनिक पावर, एक्सिलरेसन र माइलेज दिने हो । हल्का इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुँदा टाइगुन चलाउदा ग्राहकले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्नु हुन्छ ।’

सीईओ बिजुक्छेले थप स्पष्ट पारे, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसबाट नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । पहिलो वर्ष करिव १ हजार टाइगुन बिक्री–वितरण गर्ने लक्ष्य भएको कम्पनीको भनाइ छ ।

टाइगुन मेला गरिने
यो दसैं पर्वलाई लक्ष्यित गरी पूजा इन्टरनेसनल नेपाल प्रालिले वान दरबार महल दरवारमार्गमा ‘फक्सफेस्ट सरप्राइज’ अन्तर्गत आगामी तिहार सम्मका लागि टाइगुन मेला लगाउने भएको छ । उक्त अवसरमा टाइगुन टेस्ट ड्राइभ गर्न सकिने र बीएमडब्ल्यु जी३१०जीएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसुङ जेडफ्लिप्स३ स्मार्टफोन जित्न सकिने छ ।

गाडी किन्न इच्छुक ग्राहकले टेस्ट ड्राइभ स्थलबाटै बुकिङ, फाइनान्सिङ, इन्स्योरेन्स र एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्ने छन् । यस वाहेक बालबालिका र परिवारसँग रमाउनका लागि विभिन्न आकर्षक खेलहरुको आयोजना समेत गरिने छ ।

सम्बन्धित समाचारहरू

जीडब्लुएम नेपालद्वारा कम्प्याक्ट पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक

जीडब्लुएम नेपालद्वारा कम्प्याक्ट पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक

काठमाडौं – जीडब्लुएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक विंगल...

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक...

डिलरसिपमा देखिदा फक्सवागन टाइगुनको थप जानकारी सार्वजनिक

डिलरसिपमा देखिदा फक्सवागन टाइगुनको थप जानकारी सार्वजनिक

फक्सवागनले बजारमा ल्याउने तयारी गरिरहेको एसयूभी टाइगुन भारतीय डिलरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...