सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गते लन्च हुने भएको छ । फक्सवागन इन्डियाले हिजो सो घोषणा गरेको हो ।

यसको बुकिङ पहिले देखि नै खुला गरिएको छ । नेपालमा पनि यो गाडीको निकै नै प्रतीक्षा भइरहेको छ । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले अनौपचारिक रुपमा यसको प्रि–बुकिङ खुला गरिरहेको छ । भारतमा लन्च हुने समयमै नेपालमा पनि लन्च हुने पूजा इन्टरनेसनलले पहिले देखि नै अनौपचारिक रुपमा बताइरहेको छ । नेपालमा पनि असोज ७ को हाराहारीमै यो एसयूभी लन्च हुने अनुमान गर्न सकिन्छ ।

फक्सवागन टाइगुन दुई टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । एउटा १.० लिटर थ्री सिलिन्डर, जसले ११५ एचपी पावर दिन्छ र अर्को १.५ लिटर फोर सिलिन्डर, जसले १५० एचपी पावर दिन्छ ।

दुवैमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड हुनेछ भने १.० लिटरमा ६ स्पिड टर्क कन्भर्टर र १.५ लिटरमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक अप्सनको रुपमा रहने छन् । नेपाली बजारमा सबैभन्दा पहिले १.० लिटर इन्जिनयुक्त फक्सवागन टाइगुन आउने अनुमान गर्न सकिन्छ ।

भारतीय प्लान्टमा उत्पादन भइरहेको यो एसयूभीका लागि भारत भित्रै अत्यधिक माग भैरहेको छ । भारतीय प्लान्टमा उत्पादन हुने भएपनि यसको गुणस्तर भने युरोपियन स्ट्यान्डर्डकै रहने कम्पनीले यसअघि नै बताइसकेको छ ।

भारतीय बजारमा १० देखि १७ लाख भारतीय रुपैयाँ मूल्य पर्ने अनुमान लगाइएको यो एसयुभी नेपाल भित्रिंदा ५५ देखि ७० लाख हाराहारी मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।

यो एसयूभीमा फक्सवागन आफैले विकास गरेको र पछिल्लो प्रविधिमा आधारित टीएसआई इन्जिन जडान गरिएको छ । जुन अत्यधिक शक्तिशाली र मबजुत मानिन्छ ।

यो गाडीलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउन कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ड्राइभर डिस्प्ले, सनरुफ, वायरलेस चार्जिङ, १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, फ्ल्याट बटम स्टेयरिङ ह्विल र १७ इन्चको ड्युअल टोन अलोय ह्विलजस्ता फिचर्स समाबेश गरेको छ । त्यसैगरी ६ वटासम्म एयर ब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर्स थप गरिएको छ ।

सम्बन्धित समाचारहरू

एमजीको नयाँ इलेक्ट्रिक कार : रेन्ज ४५० किलोमिटर, प्रतिस्पर्धा फक्सवागन आइडी३ संग

एमजीको नयाँ इलेक्ट्रिक कार : रेन्ज ४५० किलोमिटर, प्रतिस्पर्धा फक्सवागन आइडी३ संग

एमजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचव्याक कार एमजी४ सार्वजनिक गरेको छ । यो...

नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

मौसम अब विस्तारै खुल्दै छ । विगत तीन चार दिन यता मौसम निकै चिसो बन्यो । देशका...

फक्सवागन टाइगुन : नेपाली बजारमा थपिएको नयाँ एसयूभीका यस्ता छन् विशेषता

फक्सवागन टाइगुन : नेपाली बजारमा थपिएको नयाँ एसयूभीका यस्ता छन् विशेषता

हालै नेपाली बजारमा फक्सवागनको नयाँ एसयूभी टाइगुन भित्रिएको छ । भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...