सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गते लन्च हुने भएको छ । फक्सवागन इन्डियाले हिजो सो घोषणा गरेको हो ।

यसको बुकिङ पहिले देखि नै खुला गरिएको छ । नेपालमा पनि यो गाडीको निकै नै प्रतीक्षा भइरहेको छ । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले अनौपचारिक रुपमा यसको प्रि–बुकिङ खुला गरिरहेको छ । भारतमा लन्च हुने समयमै नेपालमा पनि लन्च हुने पूजा इन्टरनेसनलले पहिले देखि नै अनौपचारिक रुपमा बताइरहेको छ । नेपालमा पनि असोज ७ को हाराहारीमै यो एसयूभी लन्च हुने अनुमान गर्न सकिन्छ ।

फक्सवागन टाइगुन दुई टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । एउटा १.० लिटर थ्री सिलिन्डर, जसले ११५ एचपी पावर दिन्छ र अर्को १.५ लिटर फोर सिलिन्डर, जसले १५० एचपी पावर दिन्छ ।

दुवैमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड हुनेछ भने १.० लिटरमा ६ स्पिड टर्क कन्भर्टर र १.५ लिटरमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक अप्सनको रुपमा रहने छन् । नेपाली बजारमा सबैभन्दा पहिले १.० लिटर इन्जिनयुक्त फक्सवागन टाइगुन आउने अनुमान गर्न सकिन्छ ।

भारतीय प्लान्टमा उत्पादन भइरहेको यो एसयूभीका लागि भारत भित्रै अत्यधिक माग भैरहेको छ । भारतीय प्लान्टमा उत्पादन हुने भएपनि यसको गुणस्तर भने युरोपियन स्ट्यान्डर्डकै रहने कम्पनीले यसअघि नै बताइसकेको छ ।

भारतीय बजारमा १० देखि १७ लाख भारतीय रुपैयाँ मूल्य पर्ने अनुमान लगाइएको यो एसयुभी नेपाल भित्रिंदा ५५ देखि ७० लाख हाराहारी मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।

यो एसयूभीमा फक्सवागन आफैले विकास गरेको र पछिल्लो प्रविधिमा आधारित टीएसआई इन्जिन जडान गरिएको छ । जुन अत्यधिक शक्तिशाली र मबजुत मानिन्छ ।

यो गाडीलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउन कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ड्राइभर डिस्प्ले, सनरुफ, वायरलेस चार्जिङ, १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, फ्ल्याट बटम स्टेयरिङ ह्विल र १७ इन्चको ड्युअल टोन अलोय ह्विलजस्ता फिचर्स समाबेश गरेको छ । त्यसैगरी ६ वटासम्म एयर ब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर्स थप गरिएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र...

फक्सवागनले भेन्टोको स्थानमा भर्टस ल्याउने, यस्तो हुनेछ विशेषता

फक्सवागनले भेन्टोको स्थानमा भर्टस ल्याउने, यस्तो हुनेछ विशेषता

जर्मन कार निर्माता कम्पनी फक्सवागनले नयाँ मिड साइज एसयूभी भर्टस बजारमा...

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...