फक्सवागन टाइगुन बन्यो सबैभन्दा सुरक्षित एसयूभी, दुर्घटना परीक्षणमा पायो ५ स्टारको रेटिङ

फक्सवागन टाइगुनको हालै ल्याटिन एसीएपीद्वारा गरिएको सेफ्टी रेटिङमा ५ स्टार पाएको छ । सो एसयूभी वयस्क र बालबालिकाका लागि सबैभन्दा सेफ्टी भएको एसयूभीको सूचीमा परेको छ । गत वर्ष पनि ग्लोबल एनसीएपीले गरेको परीक्षणमा पनि सो एसयूभीले ५ स्टार पाएको थियो ।

ल्याटिन एनसीएपी वेबसाइटमा दिइएको जानकारी अनुसार सो एसयूभी भारतमा बनेको हो तर यसको परीक्षण भने ल्याटिन अमेरिकामा भएको थियो । परीक्षणको क्रममा यो एसयूभी ेरै तरिकामा प्रयोग भएको थियो, जसमा यो एसयूभी वयस्क र बच्चाको लागि पूर्ण रूपमा सुरक्षित मानिएको थियो ।

फक्सवागनको एसयूभीमा ६ वटा एयरब्याग, रियर भ्यु क्यामेरा, हिल होल्ड कन्ट्रोलसहित ४० भन्दा बढी सेफ्टी फिचर समावेश छ, जसमा ईएससी, एसबीआर, एसएएस जस्ता फिचरहरू पनि समावेश छन् ।

ल्याटिन एनसीएपीले अमेरिकी र क्यारिबियन देशमा उपलब्ध कारको लागि दुर्घटना परीक्षण गर्छ यो परीक्षणको उद्देश्य कुन कम्पनीको कार कति सुरक्षित छ भनेर पत्ता लगाउनु हो ।

परीक्षणको क्रममा सबै प्रोटोकलको पालना गरिन्छ । परीक्षणमा फ्रन्टल र साइड इफेक्टको सेफ्टी परीक्षणको मूल्याङ्कन गरिन्छ । परीक्षण इलेक्ट्रोनिक स्थिरता कन्ट्रोल, प्याडल सुरक्षा र साइड इफेक्ट पोल सुरक्षा जस्ता मूल्याङ्कनको मापदण्डमा पनि निर्भर हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...