सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य
कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...
हालै नेपाली बजारमा फक्सवागनको नयाँ एसयूभी टाइगुन भित्रिएको छ । भारतमा लन्च भएको केही दिनमै सो एसयूभ गत आइतबार नेपाली बजारमा समेत सार्वजनिक भएको छ ।
९९९ सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिनयुक्त फक्सवागन टाइगुनले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । टाइगुन एसयूभीको लन्चिङ पश्चात फक्सवागनको मिड–साइज कम्प्याक्ट एसयूभीका लागि व्यग्रतापूर्वक प्रतीक्षारत नेपाली कार प्रेमीहरुको प्रतीक्षाको घडी अब समाप्त भएको छ ।
फिचर
फक्सवागन टाइगुन बोल्ड एक्सटेरियर र प्रिमियम इन्टेरियरका साथ उपलब्ध छ । स्टाइलिस एक्सटेरियरलाई बिल्ड क्वालिटीले थप सशक्त बनाएको छ । हामी भन्न सक्छौ फक्सवागन टाइगुन ‘एक्सट्रेम्ली बोल्ड एसयूभी’ हो, जुन फ्रेस र भाइब्रेन्ट छ । यसमा एलईडी हेडल्याम्प र एलईडी डीआरएल इन्टिग्रेट हुने गरी मिलाइएको स्टाइलिस, एग्रेसिभ र मस्कुलर फ्रन्ट ग्रिलले जसलाई पनि ‘हेड टर्न’ गर्न बाध्य पार्छ । यसको टल फिगर र उच्च ग्राउन्ड क्लियरेन्स नेपाली सडकका लागि निकै नै सुहाउदो छ । त्यसैगरी लामो ह्विलबेस र छोटो ओभरह्याङले सेन्स अफ सेफ्टी र अनम्याच्ड ग्राउन्ड स्टेबिलिटीको पहिचान दिन्छ । यसको इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ, जसले फक्सवागनको ग्लोबल डिजाइनलाई सही तरिकाले झल्काएको छ । डेकोर इन्सर्ट सहितको ड्युअल टोन इन्टेरियर ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ ।
फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर सम्मको दूरी पार गर्न सक्छ । यो गाडीमा भएका १० इन्च इन्फोटेनमेन्ट सिस्टम, ठूलो ह्विलबेस, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, ३८५ लिटरको बकेट टाइप बुट स्पेस र एलईडी टेललाइटलगायतका विभिन्न फिचरले गाडीमा कहिल्यै पनि निराश अनुभव गराउदैन । इन्फोटेनमेन्ट सिस्टममा गाना डटकम, अडियोबुक बुकिङ डटकम आदि विभिन्न एपसमेत लोड भएर आउँछ भने अफलाइन नेभिगेसन समेत उपलब्ध छ । यो कारमा वायरलेस एप कनेक्ट समेत स्ट्यान्डर्डको रुपमा उपलब्ध हुने भएकाले एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई सहजताका साथ कनेक्ट गर्न सकिन्छ ।
सेफ्टी फिचर
फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।
द अल न्यु एसयूभी टाइगुन वास्तवमा पहिले नै चाइनिज र युरोपियन बजारमा राम्रो प्रभाव जमाउन सफल एसयूभी टी–रकबाट प्रभावित कन्सेप्टमा आधारित छ । त्यसैले टी–रकले प्राप्त गरेको प्रिभिलेज अनुसारकै स्पेसल ट्रिटमेन्ट टाइगुनमा समेत उपलब्ध गराइएको छ । यसले गर्दा ९९९ सीसी मात्र इन्जिन क्षमता भएर पनि पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टको मामिलामा टाइगुनको क्षमता कुनै पनि हिसाबले कम छैन ।
मूल्य र प्रतिस्पर्धा
फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
यो नेपाली बजारका लागि ‘भ्याल्यु फर मनी’ मा आधारित मूल्य हो । कम्पनीले पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिजका साथै आकर्षक नगद छुट समेत उपलब्ध गराउने छ ।
केही दिन पहिले नेपाली बजारमा सार्वजनिक भइसकेको स्कोडा कुशाकसँग यसको सीधा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी बजारमा उपलब्ध किया सेल्टोस र हुन्डाई क्रेटा आदि एसयूभीसँग समेत यसको प्रतिस्पर्धा हुनेछ ।
कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...
नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...
जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...