नेपाल भित्रिदै टाइगुन एसयूभी : पूर्वतयारी इभेन्ट बन्यो फक्सवागन डिलर मिट २०२१

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल प्रालिले डिलर मिट सम्पन्न गरेको छ । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न उक्त डिलर मिटमा नेपाली बजारमा ‘एसयूभीडब्ल्यु टाइगुन’ भित्रिएसँगै नयाँ युगको सुरुवात हुने घोषणा गरिएको थियो ।

सो अवसरमा पूजा इन्टरनेसनलका सीईओ विवेक बिजुक्छे, बिजनेस हेड विशाल घिमिरे, सिनियर सेल्स म्यानेजर श्याम मालाकार, डिलर इन्चार्ज ऋषि वाइबा र डेपुटी मार्केटिङ म्यानेजर प्रज्वल महर्जनले विभिन्न विषयमा प्रस्तुतिकरण गरेका थिए ।

पूजा इन्टरनेसनलले यही सेप्टेम्बर महिनामै नेपाली बजारमा टाइगुन एसयूभी भित्र्याउने बताएको छ । निकै नै प्रतिस्पर्धि मूल्य सहित नेपाली बजारमा भित्रिने अनुमान गरिएको टाइगुन एसयूभी फक्सवागनको नेपाली बजारलाई उचाईमा पु¥याउने अग्रदूत बन्ने अपेक्षा कम्पनीको छ ।

डिलर मिटमार्फत आगामी दिनमा फक्सवागनका अन्य ब्रान्डका साथै टाइगुन एसयूभी बजारमा कसरी आफ्नो पकड कायम राख्ने, ग्राहकहरुको गुनासोलाई कसरी सम्बोधन गर्ने, बजारमा भइरहेको प्रतिस्पर्धामा आफूलाई कसरी अब्बल सावित गर्ने र फक्सवागन टाइगुनको पोजिसन अबको बजारमा कस्तो हुने सम्भावना छ भन्ने लगायतका विभिन्न पक्षमा आवश्यक जानकारी प्रदान गरी डिलरहरुमा सकारात्मक भावनाको विकास गर्न सक्षम भएको कम्पनीको भनाइ छ ।

डिलरहरुमा हाल भइरहेको कमी र अपर्याप्तको विश्लेषण गरी प्यारेन्ट कम्पनीबाट गरिनु पर्ने सहयोगको वारेमा समेत छलफल भएको थियो । आगामी दिनमा सम्भाव्य सबै बजार क्षेत्रमा प्रवेश गरी टाइगुन एसयूभीलाई कसरी धेरै ग्राहक समक्ष पु¥याउन सकिन्छ भन्ने वारेमा समेत छलफल केन्द्रीत थियो ।

डिलर मिटकै अवसरमा कम्पनीले विर्तामोड, दाङ, नेपालगन्ज र काठमाडौंका दुई स्थान गरी पाँच स्थानमा डिलर नेटवर्क विस्तार गर्ने घोषणा समेत गरेको छ । यी सबै स्थानमा समेत गरी अब नेपालभर फक्सवागनका १२ डिलर नेटवर्क पुग्ने छन्, जसले फक्सवागन ग्राहकका लागि सहज पहुँच प्रदान गर्नेछन् ।

सो अवसरमा पूजा इन्टरनेसनलका सीईओ विवेक बिजुक्छेले फक्सवागन गाडीमा हुनु पर्ने सबै गुणस्तर भएको टाइगुन एसयूभी यो सेगमेन्टमा गेम चेन्जर बन्ने बताए । एमक्यूबी एओ आईएन प्लेटफर्ममा बनेको र निकै नै सावधानीपूर्वक तयार गरिएको सो गाडीले एसयूभीको संसारलाई पुनर्परिभाषित गर्ने उनले बताए ।

आधुनिक प्रविधि र परिवर्तनलाई आत्मसात गर्नेहरुका लागि टाइगुन एसयूभी निकै नै उपयुक्त हुनेछ । यसमा परम्परागत इन्जिनको सट्टा यसमा टीएसआई इन्जिन प्रयोग गरिएको छ, जसले थोरै सीसीमा पनि पहिले उपलब्ध धेरै सीसीका इन्जिन जस्तै पर्फमेन्स दिन्छ ।

सम्बन्धित समाचारहरू

एउटै प्लेटफर्ममा बनेका फक्सवागन टाइगुन र स्कोडा कुशाक : प्रतिस्पर्धाका लागि तयार बन्दै

एउटै प्लेटफर्ममा बनेका फक्सवागन टाइगुन र स्कोडा कुशाक : प्रतिस्पर्धाका लागि तयार बन्दै

भारतीय प्लान्टमा उत्पादन गरिएको फक्सवागन टाइगुन र स्कोडा कुशाक एउटै...

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...