फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
काठमाडौं – नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागसिप सोरुम स्थापना गरेको छ । कम्पनीले ग्राहकको बढ्दो मागलाई ध्यानमा राखी नक्सालमा समेत पाँच तारे सोरुमको अनुभूति हुने गरी अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायव उपरीक्षक मिन बहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको हो ।
सोरुम उद्घाटन वारेमा पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले नक्सालमा पनि जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउदा निकै खुसी लागेको बताउदै सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने बताए ।

ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको बताउदै बिजुक्छेले आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्ष सम्म तनावमुक्त भई फ्रि सर्भिसिङ र फ्रि कन्जुमेबल पाउने बताए ।
पूजा इन्टरनेसनलले विगत १२ वर्ष देखि नेपाली बजारमा फक्सवागन गाडी बिक्री–वितरण गरिरहेको छ । फक्सवागन गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकाले नेपाली गाडी पारखीमाझ लोकप्रिय छन् । यसकारण यो नेपालको रुचाइएको ब्रान्ड पनि बनेको छ ।
नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...