फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

विक्रम संवत २०७७ सकिदै छ । वर्ष २०७७ लाग्दै गर्दा विश्वभर कोरोना भाइरसकेको महामारीका कारण नेपालमा समेत लकडाउनको अवस्था थियो । त्यसैले शुरुको समयमा नेपाली अटोमोबाइल बजार पनि अन्य क्षेत्र जस्तै ठप्प थियो ।

करिव ६ महिनाको अवधिमा लकडाउन केही खुकुलो भए पश्चात सामाजिक दुरी कायम गरी केही ब्रान्डका गाडी र मोटरसाइकल भित्रिन थाले । यो अवस्थामा सामाजिक सञ्जाल फेसबुक र युट्युब आदिको माध्यमबाट गाडी वा बाइक सार्वजनिक गर्ने लहर चल्यो । यो ट्रेन्ड हाल सम्म पनि कायम नै छ ।

साउनको अन्तिम साता टाटा गाडीको कमर्सियल गाडीका लागि भर्चुअल सोरुम सार्वजनिक गरियो । शशिला मोटर्सले सुरु गरेको भर्चुअल सोरुममार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ व्यासायिक गाडीहरु अनलाइनमै वुकिङ गरि खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा वाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछन् ।

पहिलो पटक टीभीएसको नयाँ बाइक अपाचे आरटीआर २०० फोरभी बाइक भदौंको सुरुवातमै भर्चुअल लन्चमार्फत सार्वजनिक गरिएको थियो । प्रसिद्ध क्रिकेट खेलाडी पारस खड्काले सो बाइक फेसबुकका साथै अन्य विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । पछि टीभीएस अपाचे आरटीआर १६० फोरभी तथा एनटर्क स्क्वाड एडिसन स्कुटर पनि यसरी नै सार्वजनिक गरियो ।

असोजको पहिलो साता यामाहाको स्कुटर रे जेडआर १२५ एफआई भर्चुअल लन्च गरियो । यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट यसको प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रूपमा हेर्ने एकजना भाग्यशाली विजेताको नामसमेत घोषणा गरिएको थियो । यसबाट काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले सो स्कुटर प्राप्त गरेका थिए ।

त्यसैगरी ड्याटसन अल न्यु रेडी गो गाडी पनि असोजमै भर्चुअल माध्यमबाट सार्वजनिक गरियो । 

नेपाली बजारमा पहिलो पटक भित्रिएको ब्रान्ड जावाका बाइक समेत भर्चुअल माध्यमबाटै लन्च गरियो । त्यसैगरी पुस महिनाको अन्तिम साता प्रोटोन सागा समेत भर्चुअल माध्यमबाटै लन्च गरियो । प्रोटोन ब्रान्ड फेरि नेपाली बजारमा पुनरागमन भएको हो ।

केटीएम र हस्कभर्ना तथा अन्य विभिन्न ब्रान्डका बाइक समेत यसरी नै सार्वजनिक गरिए ।

पछिल्लो पटक चैतको मध्यतिर जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ पनि भर्चुअल माध्यमबाटै सार्वजनिक गरियो ।

 

 

सम्बन्धित समाचारहरू

बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज...

२५ वर्षमा बजाजका ८ लाख सन्तुष्ट ग्राहक, ३ लाख बढी पल्सरका ग्राहक

२५ वर्षमा बजाजका ८ लाख सन्तुष्ट ग्राहक, ३ लाख बढी पल्सरका ग्राहक

काठमाडौं – नेपाली बजारमा हाल सम्म ८ लाख भन्दा बढी बजाज मोटरसाइकल बिक्री...

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...