दुलहीले गाडीको बोनटमा बसेर रिल बनाउदा भयो ठुलो जरिवाना

आजकल मानिसहरु भाइरल हुन के मात्र गर्दैनन् । भाइरल हुनका लागि नियम उल्लङ्घन गरी आफ्नो जीवनलाई खतरामा पारेको घटना पनि कहि कतै सुनिन्छ ।

हालै भारतमा कारको बोनटमा बसेर दुलहीको रुपमा एक महिलाले भिडियो बनाइरहेकी थिइन्, उनले यो कारलाई सडकमा गुडाएर रिल बनाएकी थिइन् । रिल भाइरल भएको केही घन्टापछि प्रहरी कारबाहीमा उत्रिएर महिलालाई १६ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको घटना सार्वजनिक भएको छ ।

यस्तै अर्को भिडियोमा दुलहीको पहिरन लगाएकी वामिकाले हेलमेट बिना स्कुटर चलाएको भिडियो सामाजिक सञ्जालमा राखेर केही घण्टामै निकै भाइरल भएको थियो ।

ती युवतीको नाम वामिका रहेको इलाकाको प्रहरीले थाहा पाए । प्रहरीले बानेटमा बसेको भन्दै महिलालाई १५ हजार र हेलमेट नलगाएको भन्दै १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

इलाका सब इन्स्पेक्टर अमित सिंहको अनुसन्धानपछि कारको बोनटसहितको भिडियो खिचिएको र हेलमेट बिना स्कुटर चालकको भिडियो दुई महिना पुरानो भएको खुलेको छ । यी दुवै काम निकै खतरनाक भएको बताए ।

कारको बोनटमा बसेर कार चलाएमा कुनै पनि प्रकारको दुर्घटनाको जोखिम हुन सक्छ । चालकले अचानक ब्रेक लगाउनु पर्दा बोनटमा बसेको व्यक्ति खस्न सक्छ । जसका कारण उनको ज्यान समेत जान सक्छ ।

सम्बन्धित समाचारहरू

अब ड्राइभिङ लाइसेन्स पास गरे पश्चात एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिइने

अब ड्राइभिङ लाइसेन्स पास गरे पश्चात एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिइने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका...

अब ट्राफिक प्रहरीले कुनै पनि चालकको चाबी खोस्न नपाउने

अब ट्राफिक प्रहरीले कुनै पनि चालकको चाबी खोस्न नपाउने

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा कुनै पनि चालकको...

नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य हुने

नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...