नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती
भिनफास्टले भारतीय बजारमा आफ्नो दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७...
भिनफास्टले अटो एक्सपो २०२५ मा भीएफ७ र भीएफ६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । साथै कम्पनीले भीएफ३, भीएफई३४, भीएफ८, भीएफ९ इलेक्ट्रिक एसयूभी र भीएफ वाइल्ड पिकअप ट्रक पनि सार्वजनिक गरेको छ ।
कम्पनीले यो वर्ष भारतीय बजारमा इलेक्ट्रिक एसयूभी भीएफ७ र भीएफ६ लन्च गर्ने भएको छ । यो कम्पनीको राइट ह्यान्ड इलेक्ट्रिक कार लन्च हुनेछ । यसले ४५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
भिनफास्ट भीएफ७ कम्प्याक्ट ५ सिटर इलेक्ट्रिक एसयूभी हो, जुन दुई भेरिएन्ट उपलब्ध छ । भारतमा यसको मूल्य ५० लाख भारुबाट सुरु हुने अनुमान गरिएको छ । जबकि भीएफ६ को मूल्य ३५ लाख भारुबाट सुरु हुने अपेक्षा गरिएको छ । लन्चिङ पछि सो इलेक्ट्रिक एसयूभीले महिन्द्रा एक्सईभी ९ई, बीवाईडी सिलायन ७, हुन्डाई आयोनिक ६ र किया ईभी६ सँग प्रतिस्पर्धा गर्नेछ ।
भिनफास्ट भीएफ७ इलेक्ट्रिक एसयूभी अल इलेक्ट्रिक एसयूभी हो, जसमा ७५.३ किलोवाट ब्याट्री प्याक छ। कम्पनीले हाल कारको भेरिएन्ट भने खुलाएको छैन । यसमा सिंगल इलेक्ट्रिक मोटरको विकल्प हुनेछ, जसले फ्रन्ट ह्विल ड्राइभको साथ २०१ एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्नेछ। यसले फुल चार्जमा ४५० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । साथै कारमा ड्युअल इलेक्ट्रिक मोटर पनि उपलब्ध हुनेछ । सो सेटअपले ४ ह्विल ड्राइभको साथ ३४८ एचपीको पावर र ५०० एनएमको टर्क उत्पन्न गर्छ। यसमा फुल चार्जमा ४३१ किलोमिटरको रेन्ज पाउनेछ।
भीएफ७को लम्बाइ ४५४५ एमएम, चौडाइ १८९० एमएम र उचाई १६३५ एमएम छ भने यसको ह्विलबेस २८४० एमएम छ। भीएफ७ को फ्रन्टमा स्लिक एलईडी डीआरएल दिइएको छ, जसको तल हेडलाइट प्रदान गरिएको छ । यसको साइडमा ह्विल आर्क र बडी क्ल्याडिङ प्रदान गरिएको छ । रियरमा कनेक्टेड एलईडी टेललाइट र ब्ल्याक करको रियर बम्पर दिइएको छ ।
भीएफ७मा कनेक्टेड कार टेक्नोलोजीसहितको १५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हेडअप डिस्प्ले, प्यानोरामिक ग्लास रूफ र वायरलेस फोन चार्जर जस्ता फिचर प्रदान गरिएको छ । साथै सेफ्टीका लागि यसमा ८ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा सिस्टम सहित लेवल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रदान गरिएको छ ।
भीएफ६ एसयूभीमा १२.९ इन्चको टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, हिटेड र भेन्टिलेटेड फ्रन्ट सिट र हेड-अप डिस्प्ले दिइएको छ । सेफ्टीका लागि कारमा ८ एयरब्याग, ३६० डिग्री क्यामेरा र भीएफ७ मा जस्तै लेभल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराइएको छ ।
भिनफास्टले भारतीय बजारमा आफ्नो दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७...
भिनफास्टका दुई इलेक्ट्रिक एसयूभी मोडल भीएफ६ र भीएफ७ ले भारत एनक्यापमा ५...
१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...