भियतनामको ईभी निर्माता ‘भिनफास्ट’ काे बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी

भियतनामको विद्युतीय सवारी निर्माता ‘भिनफास्ट’ले सेयर बजारको कुल मूल्यांकनका आधारमा फोर्ड र जनरल मोटर्स (जीएम)लाई पछि पारेको छ ।

न्यूयोर्कमा नासडाक स्टक एक्सचेन्जमा पहिलो पटक पहिलो दिन भएको डेब्यु ट्रेडमा कम्पनीको सेयर मूल्य ३७ अमेरिकी डलरभन्दा माथि पुगेको हो । यसले भिनफास्टको बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याएको हो । यो बजार पुँजीकरण फोर्डको ४८ अर्ब अमेरिकी डलर र जीएमको ४६ अर्ब अमेरिकी डलरभन्दा बढी हो ।

विद्युतीय सवारी उत्पादक कम्पनीहरूबीच दौड चलिरहेका बेला भिनफास्टले दुई विश्वप्रख्यात कम्पनीको बजार पुँजीकरणलाई जितेको हो । यससँगै भिनफास्टका अध्यक्ष एवं संस्थापक फाम न्हाट वुङको सम्पत्तिमा ३९ अर्ब अमेरिकी डलरले बढेको छ । उनी यसअघि नै पनि भियतनामका धनाढ्य व्यक्ति हुन् ।

नियामक निकायको विवरणले कम्पनीको ९९ प्रतिशत सेयर उनीसँगै रहेको देखाएको छ । जुन भियतनाको सबैभन्दा ठूला कंग्लोमेट भिनग्रुप जेएससीअन्तर्गत रहेको छ । यसले अन्य लगानीकर्ताका लागि ट्रेड गर्न मिल्ने सेयर संख्या सीमित पारिदिएको छ अन्यथा कम्पनीको पुँजीकरण अझैं बढी हुनेथियो ।

सम्बन्धित समाचारहरू

विशेष फोर ह्विल ड्राइभ एड्भेन्चर कार्यक्रमका साथ रिडारा आरडी६ ईभी पिकअप सार्वजनिक

विशेष फोर ह्विल ड्राइभ एड्भेन्चर कार्यक्रमका साथ रिडारा आरडी६ ईभी पिकअप सार्वजनिक

काठमाडौं – नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो...

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणका लागि उपलब्ध ग्रेटवाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...