विश्वको तेस्रो मूल्यवान अटो ब्राण्ड ‘भीनफास्ट’ भारत आउने निश्चित

भियतनाममा उदय भएर अमेरिकी बजारमा चर्चित वनेको नयाँ अटोमोबाइल ब्राण्ड भिनफास्ट भारत आउने निश्चित भएको छ । ५ वर्षभित्र भारतमा २ अर्व डलर लगानी गरेर इलेक्ट्रिक कार उत्पादन गर्ने गरी भीनफास्ट भारत आउन लागेको हो । कम्पनीले हालै तमिलनाडु सरकारसंग प्लान्ट लगाउने विषयमा एक सम्झौतासमेत गरिसकेको छ ।

सम्झौता अनुसार सुरुवातमा कम्पनीले ५०० मिलियन डलर लगानी गर्नेछ । यसलाई विस्तार गरेर पाँच वर्षमा २ विलियन डलर पु-याउने सम्झौतामा उल्लेख छ । उक्त प्लान्टबाट वार्षिक १ लाख ५० हजारसम्म इलेक्ट्रिक कार उत्पादन गर्ने र विश्व बजारमा निर्यात समेत गर्ने कम्पनीको योजना छ ।

सन् २०१९ देखी भियतनाममा कार उत्पादन थालेको भीनफास्टले सुरुवातमा इन्टरनल कम्वसन इन्जिन भएका गाडी निर्माण गरेको थियो । पछि सन् २०२२ को नोभेम्वरबाट भने कम्पनीले इलेक्ट्रिक कारमात्र उत्पादन गर्दै आएको छ । अमेरिकामा निकै राम्रो बजार पाएको भीनफास्टलाई त्यहाँको बजारमा टेस्लाको प्रतिस्पर्धी ब्राण्डका रुपमा लिईदै आएको छ ।

कार उत्पादन थालेको निकै छोटो समयमा राम्रो सफलता चुम्न सफल यो ब्रान्ड अहिले अटोमोबाइल सेग्मेन्टको बजार मूल्यमा टेस्ला र टोयोटापछि तेस्रो स्थानमा रहन सफल छ । फोब्र्सका अनुसार १८९ विलियन डलर ‘मार्केट क्याप’ सहित भीनफास्ट तेस्रो मूल्वान अटो ब्राण्डमा पर्न सफल भएको हो ।

सबैभन्दा मूल्यवान ब्राण्डका रुपमा रहेको टेस्ला ७५६.४ विलियन डलर ‘मार्केट क्याप’ सहित पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको टोयोटाको २२५ बिलियन डलर छ । भीनफास्टले प्रिमियम र लक्जरियस सेग्मेन्टका इलेक्ट्रिक कार उत्पादन गरी अमेरिका र यूरोप लगायत देशमा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

तीन भेरियन्टमा आउने भयो एक्सयूभी ४०० इभी, मूल्य २ महिनापछि सार्वजनिक गरिने

तीन भेरियन्टमा आउने भयो एक्सयूभी ४०० इभी, मूल्य २ महिनापछि सार्वजनिक गरिने

महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...

नेपाली बजारमा भित्रिदै एरोमा डर्ट बाइक

नेपाली बजारमा भित्रिदै एरोमा डर्ट बाइक

काठमाडौं – विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्री तथा...

विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव

विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव

विद्युतीय सवारी खरिद गर्दा गाडीको शोरूम प्रतिनिधिसँग प्रायः सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...