भारतमा हिरोको भिडा भी१ इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु, नेपालमा प्रतीक्षा

हिरो मोटोकर्पले भिडा इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु गरेको छ । कम्पनीले आफ्नो पहिलो स्कुटर बैंगलोरमा डेलिभरी गरेको हो । भिडा भी१ ले भारतीय बजारमा एथर ४५०एक्स, टीभीएस आईक्युब, ओला एस१ प्रो र बजाज चेतक जस्ता प्रिमियम इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

भिडा भी१ लाई २ भेरिएन्ट भी१ प्रो १ लाख ५९ हजार र भी१ प्लस १ लाख ४५ हजार भारुमा लन्च गरिएको छ । कम्पनीले भिडा भी१ प्लसमा ३.९ केडब्ल्युएचको ब्याट्री प्रयोग गरेको छ, जसले फुल चार्जमा १४३ किलोमिटरको रेन्ज दिन्छ । भिडा भी१ प्रोमा ३.९४ केडब्ल्युएच लिथियम–आयोन ब्याट्री प्रयोग गरेको छ, जसले फुल चार्जमा १६५ किलोमिटरको रेन्ज दिन्छ । सो स्कुटरको टप स्पिड ८० किमी प्रतिघन्टा छ ।

भिडा भी१ स्कुटरलाई एक मिनेट मात्र चार्ज गर्दा पनि १.२ किलोमिटरको रेन्ज दिन्छ । भिडा भी१ प्रोलाई ० देखि ८० प्रतिशत चार्ज हुन ५ घन्टा ५५ मिनेट र भिडा भी१ प्लसलाई ५ घन्टा १५ मिनेटको समय लाग्छ ।

सो इलेक्ट्रिक स्कुटरको ब्याट्री निकालेर पनि चार्ज गर्न सकिन्छ । भिडा भी१मा टीएफटी डिस्प्लेको साथमा ब्लुटुथ र स्मार्टफोन कनेक्टिभिटी जस्ता फिचर समावेश छ ।

भिडा भी१मा मोबाइल एप मार्फत सुविधा अनुसार राइड मोड पनि कस्टमाइज गर्न सकिन्छ । यसमा २६ लिटर स्टोरेज स्पेस पनि दिइएको छ । स्कुटरमा सेफ्टीका लागि ट्रयाकिङ फंक्शन, रिमोट लकिङ/अनलकिङ, सिंगल डिस्क ब्रेक र इमरजेन्सी अलर्ट बटन र क्रुज कन्ट्रोल जस्ता फिचर पनि उपलब्ध छ ।

नेपाली बजारमा पनि हिरोको इलेक्ट्रिक स्कुटर ल्याउने तयारी भइरहेको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले भविष्यमा सो स्कुटर ल्याउने तयारी भइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई...

आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका

आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...