दसैंमा टीभीएस स्टिकर प्याकबाट शुभकामना दिन सकिने, भाग्यशालीले टीभीएस स्कुटर पाउने

काठमाडौँ – नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स र विश्वकै एक अग्रपंक्तिको मानिने मोबाइल एप राकुटेन भाइबर मिलेर दसैंको अवसरमा टीभीएसका विभिन्न जानकारीमूलक सामग्री तथा सुचना प्रयोगकर्तामाझ प्रस्तुत गर्ने सम्झौता गरेका छन्।

भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टीभीएसको स्टिकर दसैं, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्। दुवै पक्षको समझदारी अनुसार स्टिकर प्याक ३ महिना सम्म सित्तैमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टीभीएस दसैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ।

नेपालीहरु बीच अझ उत्सुकता बढाउन यसलाई अझै आकर्षक बनाइएको छ । एक जना भाग्यशाली ‘टीभीएस दसैंको आशा’ स्टिकर डाउनलोडकर्ताले टीभीएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरूप प्राप्त गर्ने जगदम्बा मोटर्सले जनाएको छ । यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिंक भाइबरमा उपलब्ध भइसकेको छ।

जगदम्बा मोटर्स र राकुटेन भाइबर बीचको उक्त समझदारीको उपयोगिताका बारे बोल्ने क्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालले नेपालीहरुको ठुला चाडपर्वहरू नजिकिँदै गर्दा, कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाई बीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको परिवेशमा भाइबरमार्फत टीभीएसका विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिने गरी सबैलाई खुसी राख्नका लागि एउटा सानो प्रयास गरेको बताए ।

सो अवसरमा राकुटेन भाइबरकी प्रमुख विकास अधिकृत अन्ना नामेन्सकायाले पुनः नेपालमा जगदम्बा मोटर्ससँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित भएको र यस साझेदारीलाई अझ सशक्त बनाउँदै आउने दिनहरूमा नेपालका भाइबर प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुने विश्वास ब्यक्त गरिन् ।

कम्पनीले गत वर्ष पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...