आगामी ६ हप्ताभित्र १० नयाँ मोडल लन्च गर्दै बजाज

काठमाडौं–नेपाली तथा भारतीय बजारमा लोकप्रिय टु–ह्विलर ब्रान्ड बजाजले आफ्ना ग्राहकका लागि ठूलो सरप्राइज ल्याउने भएको छ । कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियोलाई व्यापक रूपमा नवीकरण गर्दै आगामी ६ हप्ताभित्र १० नयाँ मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ ।

बजाज अटोका कार्यकारी निर्देशक राकेश शर्माका अनुसार, यी नयाँ मोडलहरूको सार्वजनिकसँगै कम्पनीको उत्पादन लाइनअपमा नयाँ युगको सुरुवात हुनेछ ।

कम्पनीले सर्वाधिक रुचाइएको पल्सर सिरिजअन्तर्गत १२५ सीसी र १५० सीसी सेगमेन्टमा दुईवटा पूर्ण रूपमा नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ । त्यसैगरी, ईभी पारखीका लागि चेतक इलेक्ट्रिक स्कुटरका नयाँ र अद्यावधिक भेरियन्टहरु सार्बजनिक तयारी गरेको छ ।

बजारमा बढ्दो मागलाई सम्बोधन गर्न बजाजले आफ्ना पुराना प्लान्टको विस्तार तथा नयाँ फ्याक्ट्री स्थापना तीव्र पारेको छ । कम्पनीले हालको ७२ लाख युनिट वार्षिक उत्पादन क्षमतालाई बृद्धि गरी ९० लाख पुर्याउने लक्ष्य लिएको छ ।

यो थप क्षमताले इलेक्ट्रिक टु–ह्विलर र थ्री–ह्विलर सवारी साधनका साथै प्रिमियम मोटरसाइकलहरूको उत्पादन बढाउन ठूलो मद्दत पु¥याउने विश्वास लिइएको छ ।।

उत्पादन विस्तारसँगै बजाज अटोले वित्तीय क्षेत्रमा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । कम्पनीले यसै वर्षको पहिलो त्रैमासिकमा आफ्नो खुद नाफालाई ४६ प्रतिशतले वृद्धि गरी ३ हजार २२६ करोड भारु पुर्याएको छ ।

त्यसैगरी, बिक्री २९ प्रतिशतले बृद्धि हुँदा निर्यात समेत ५४ प्रतिशतले बृद्धि भएको छ । बजाजको यो आक्रामक रणनीति र नयाँ उत्पादनहरूको आगमनले टु–ह्विलर बजारमा थप प्रतिस्पर्धा र उत्साह थप्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...