टीभीएसलाई पछि पार्दै होन्डा पुनः बन्यो नम्बर–१ स्कुटर ब्रान्ड
काठमाडौं–भारतीय स्कुटर बजारमा अगस्ट २०२६ मा होन्डाले पुनः आफ्नो शीर्ष...
काठमाडौं–होन्डाले भारतीय बजारमा आफ्नो नयाँ डुअल–स्पोर्ट मोटोसाइकल एक्सआर ३००एल सार्वजनिक गरेको छ । आधिकारिक रूपमा बजार बिक्री सुरु हुनुभन्दा अघि नै आयोजित एक विशेष कार्यक्रममार्फत कम्पनीले यस बाइकलाई सार्वजनिक गरेको हो । नयाँ बाइकको आगमनसंगै कम्पनीले डुअल–स्पोर्ट सेगमेन्टमा आफ्नो उपस्थिति बलियो बनाउने योजना अघि सारेको छ ।
होन्डा एक्सआर ३०० एलमा २९३.५ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले २६.९ बीएचपी पावर र २६.६ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । राइडरलाई सहज र प्रभावकारी राइडिङ अनुभव प्रदान गर्न बाइकमा ६ स्पीड गियरबक्स उपलब्ध गराइएको छ ।
कच्ची तथा अप्ठ्यारा सडकहरूलाई ध्यानमा राखेर तयार पारिएको यस बाइकको ग्राउन्ड क्लियरेन्स २४४ मिमी रहेको छ । उत्कृष्ट सस्पेन्सनका लागि यसमा शोवा कम्पनीको फ्रन्ट फर्क र पछाडि मोनोशक जडान गरिएको छ, जसले २६० मिमीसम्मको ट्राभल प्रदान गर्छ । सुरक्षा र नियन्त्रणका लागि बाइकको अगाडिपट्टि २५६ मिमी र पछाडि २२० मिमीको रोटर सहितको डिस्क ब्रेक सिस्टम समावेश छ ।
डिजाइनका हिसाबले यस बाइकलाई परम्परागत डुअल स्पोर्ट मोटोसाइकलको शैलीमा तयार पारिएको छ । यसमा आकर्षक कम्प्याक्ट हेडल्याम्प, अगाडि उठेको फेन्डर, आरामदायी सिंगल पिस सिट र सिटमुनि राखिएको एक्जस्ट पाइप जस्ता विशेषताहरू देख्न सकिन्छ । त्यसैगरी अफ रोडिङ क्षमता अभिवृद्धि गर्न यसमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको रिम भएका वायर स्पोक ह्विलहरू प्रयोग गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...