निषेधाज्ञाको समयमा उपभोग्य वस्तु आपूर्ति र ढुवानीका लागि यसरी लिन सकिन्छ पास

काठमाडौं – काठमाडौं उपत्यका र देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञाको समयमा समेत अत्यावश्यक सामग्री ढुवानीका लागि अनलाइनबाटै पास उपलब्ध गराइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट पास उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

देशभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा आदेश जारी गरेका छन् । यो अवस्थामा नेपाल सरकारका सम्बद्ध निकाय तथा निजी क्षेत्रका संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरुसँगको संयुक्त छलफल बैठकबाट आपूर्ति व्यवस्था सहज बनाउने निष्कर्ष निकालिएको हो ।

जसअनुसार दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति कार्यमा संलग्न कम्पनी, उद्योग र संस्थाहरुले उक्त कार्यका लागि प्रयोग हुने सवारी साधनको नम्बर, किसिमसहित संलग्न कामदार कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रमार्फत प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता तथा आवद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

त्यस्तो पत्रको एक–एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुका साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्नेगरी अगाडि ‘खाद्यान्न/फलफूल/तरकारी/दुग्ध पदार्थ ढुवानी सेवा’ भनिएको ब्यानर राख्नुपर्नेछ ।

यस्ता सवारी साधनमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्तिलाई भने राख्न पाइनेछैन । विभिन्न जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयको वेबसाइट खोले पछि दायाँ कुनामा रहेको प्रमुख जिल्ला अधिकारीको नाममा थिचेपछि प्रमुख जिल्ला अधिकारीको नाम सहित ईमेल आईडी देखिन्छ ।

उक्त ईमेलमा आफ्नो आधिकारिक पत्र पठाएर प्रमुख जिल्ला अधिकारीलाई पासको लागि जानकारी गराउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

विश्वकै ठूलो मध्ये एक मानिने चीनको प्रसिद्ध अटो शो ‘अटो ग्वाङझाउ २०२२’...

लामो दुरीका सवारी सञ्चालन गर्न दिने काठमाडौं जिल्ला प्रशासनको निर्णय

लामो दुरीका सवारी सञ्चालन गर्न दिने काठमाडौं जिल्ला प्रशासनको निर्णय

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन...

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...