निषेधाज्ञाको समयमा उपभोग्य वस्तु आपूर्ति र ढुवानीका लागि यसरी लिन सकिन्छ पास

काठमाडौं – काठमाडौं उपत्यका र देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञाको समयमा समेत अत्यावश्यक सामग्री ढुवानीका लागि अनलाइनबाटै पास उपलब्ध गराइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट पास उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

देशभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा आदेश जारी गरेका छन् । यो अवस्थामा नेपाल सरकारका सम्बद्ध निकाय तथा निजी क्षेत्रका संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरुसँगको संयुक्त छलफल बैठकबाट आपूर्ति व्यवस्था सहज बनाउने निष्कर्ष निकालिएको हो ।

जसअनुसार दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति कार्यमा संलग्न कम्पनी, उद्योग र संस्थाहरुले उक्त कार्यका लागि प्रयोग हुने सवारी साधनको नम्बर, किसिमसहित संलग्न कामदार कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रमार्फत प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता तथा आवद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

त्यस्तो पत्रको एक–एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुका साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्नेगरी अगाडि ‘खाद्यान्न/फलफूल/तरकारी/दुग्ध पदार्थ ढुवानी सेवा’ भनिएको ब्यानर राख्नुपर्नेछ ।

यस्ता सवारी साधनमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्तिलाई भने राख्न पाइनेछैन । विभिन्न जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयको वेबसाइट खोले पछि दायाँ कुनामा रहेको प्रमुख जिल्ला अधिकारीको नाममा थिचेपछि प्रमुख जिल्ला अधिकारीको नाम सहित ईमेल आईडी देखिन्छ ।

उक्त ईमेलमा आफ्नो आधिकारिक पत्र पठाएर प्रमुख जिल्ला अधिकारीलाई पासको लागि जानकारी गराउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गरेर लिनुस् निःशुल्क ट्याक्सी सेवा

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गरेर लिनुस् निःशुल्क ट्याक्सी सेवा

काठमाडौं – अखिल नेपाल यातायात मजदुर संघ र उपत्यका ट्याक्सी विशेष समितिले...

अब एक साता थप निषेधाज्ञा, यी क्षेत्रमा भने खुकुलो

अब एक साता थप निषेधाज्ञा, यी क्षेत्रमा भने खुकुलो

काठमाडौं – उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ...

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

विश्वकै ठूलो मध्ये एक मानिने चीनको प्रसिद्ध अटो शो ‘अटो ग्वाङझाउ २०२२’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...