प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

काठमाडौं - प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सो विवरणमा अन्य कुराका अतिरिक्त आफू वा परिवारको नाममा रहेका सवारी साधनहरुको विवरण पनि सार्वजनिक गरिएको छ ।

यद्यपि अधिकांश मन्त्रीहरुले आफ्नो सवारी साधन नभएको उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत आफ्नो नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन नभएको उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेसँग आफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको श्रीमति निकिताको नाउँमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वर्षमान पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उनले पार्टीको सम्पत्ति भनेका छन् ।

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मासँग ३६ लाख रुपैयाँमा किनेको हुन्डाईको कार छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग सवारी साधनको नाममा २० लाख पर्ने १ थान चारपांग्रे र १ लाख ८५ हजार मूल्य पर्ने १ थान स्कुटर रहेको सम्पति विवरणमा उल्लेख गरेकी छन् ।

सहरी विकासमन्त्री धनबहादुर बुढासँग एउटा हाइलक्स र एउटा प्राडो गाडी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

खानेपानीमन्त्री राजेन्द्र राईले श्रीमती मञ्जु मानवी पौडेल र बुहारी युनिता राईको एक–एक थान स्कुटर रहेको विवरण देखाएका छन् ।

वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले बुहारीको नाममा एमजी हेक्टर गाडी रहेको बताएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले टोयोटा प्राडो र टाटा नेस्कन ईभी गरी दुईवटा सवारी साधन रहेको खुलाएका छन्।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग ८५ लाखको टोयोटाको ल्याण्डक्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको जनाएका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...

इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख...

बीवाईडीका दुई इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य

बीवाईडीका दुई इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य

काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...