आजदेखि हरेक शनिबार असन क्षेत्र ‘सवारीसाधन मुक्त’, सांस्कृतिक गतिविधि बढाइने

काठमाडौं - काठमाडौं महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको असन क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अबदेखि हरेक शनिबार असन क्षेत्र सवारीसाधन मुक्त रहनेछ, जसले पैदल यात्रु र सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिनेछ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कमलाक्षी, भोटाहिटी र महाबौद्धबाट असनतर्फ जाने मुख्य प्रवेश मार्गहरूमा सवारीसाधन पूर्ण रूपमा निषेध गरिनेछ। उक्त क्षेत्रभित्र अब परम्परागत बजार, सांस्कृतिक गतिविधि, गायन, वादन, नृत्य तथा स्थानीय सीप र ज्ञानको प्रदर्शन हुनेछन्।

महानगरले यस कदममार्फत काठमाडौँको मौलिक सांस्कृतिक पहिचान जोगाउने, परम्परागत जीवनशैलीलाई संरक्षण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। पछिल्ला वर्षहरूमा अत्यधिक सवारी चाप र अव्यवस्थित सहरीकरणका कारण भित्री सहरको मौलिकता प्रभावित हुँदै गएको भन्दै यो कार्यक्रम आवश्यक भएको महानगरको भनाइ छ।

शनिबारका दिन तोकिएका वैकल्पिक पार्किङ स्थल प्रयोग गर्न र पैदलमार्फत असन प्रवेश गर्न आग्रह गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...