दशैं विदा सकिए लगत्तै बढ्यो काठमाडौं उपत्यका भित्रिने नाकामा गाडीको चाप

दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।

आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाण्डौ उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैँमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाण्डौँमा भिडभाड बढ्न लागेको छ ।

काठमाण्डौ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् ।

काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने भरपर्दो मानिएको बीपी राजमार्गको १२ किलोमिटर सडक नै बाढीले बगाएपछि यो सडकको यात्रा अनिश्चित छ ।

अस्थायी डाइभर्सन बनाएर सडक एकतर्फी रुपमा चलाए पनि बेला बेला झर्ने सुक्खा पहिरोले यात्रा जोखिमपूर्ण बनाएको छ । साना नीजि गाडी चलेपछि ठूला सार्वजनिक गाडी बीपी राजमार्ग हुँदै चल्न सकेका छैनन् ।

बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाण्डौ आउने गाडीका कारण हेटौँडा–काठमाण्डौ छोटा सडकमा गाडीको चाप छ । कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामोे जाम हुने गरेको छ ।

फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाण्डौ आउने सडक भने ठिकठाक रहेको छ ।

यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ ।

सम्बन्धित समाचारहरू

नक्कली महानगर यातायात देखि सावधान हुन सक्कली महानगर यातायातको अनुरोध

नक्कली महानगर यातायात देखि सावधान हुन सक्कली महानगर यातायातको अनुरोध

काठमाडौं – महानगर यातायात प्रालिको नाम, रंग र डिजाइन समेत नक्कल गरी सोही...

ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

काठमाडौँ । ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ विस्तार गरेको छ ।...

सुरक्षित सवारीको लागि सडक सुरक्षा परिषदवारे सातै प्रदेशका मुख्यमन्त्रीलाई खुला पत्र

सुरक्षित सवारीको लागि सडक सुरक्षा परिषदवारे सातै प्रदेशका मुख्यमन्त्रीलाई खुला पत्र

नेपालमा संघीय गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयनमा आएको ८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...