पेट्रोलियम मूल्य वृद्धिको असर लुब्रिकेन्ट्समा पनि, १० देखि १५ प्रतिशतसम्म मूल्य बढ्ने
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै यसको सिधा असर...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भिडोल लुब्रिकेन्ट अब भीजी ल्युबले बिक्री–वितरण नगर्ने भएको छ । भारतमा टाइड वाटर आयल कम्पनी (इन्डिया) ले उत्पादन गर्ने भिडोल लुब्रिकेन्ट नेपाली बजारमा हाल सम्म उपलब्ध भएकोमा अब भने नेपालमै यसको उत्पादन हुने भएको छ ।
तर भिडोल लुब्रिकेन्ट नेपालमा युनाइटेड लुब्रिकेन्टले उत्पादन गर्नेछ । भिडोल इन्टरनेसनल, युकेसँग यसका लागि सम्झौता सम्पन्न भइसकेको र छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने युनाइटेड लुब्रिकेन्टका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्रले बताए । भिडोल इन्टरनेसनलसँग यसका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट भइसकेको र यसको ट्रेडमार्क प्रयोग गरेर भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन गरिने छ ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गरेको छ । बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्टको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन् ।
अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो ।
नेपालमै भिडोल उत्पादन भयो भने यो नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हुनेछ । यो भन्दा पहिले नेपाल ल्युब आयलले पनि नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ ।
भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । भिडोल लुब्रिकेन्ट मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा अन्य विभिन्न सवारी साधनमा प्रयोग भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै यसको सिधा असर...
काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...
गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...