भिडोलका डाइरेक्टरको भनाइ – नेपाली लुब्रिकेन्ट उद्योगमा सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । करिव ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताइएको छ ।

१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ । उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ ।

भिडोल इन्टरनेसनल, युकेका निर्देशक अरिजित बासुले नेपाली लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भए पछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताएका छन् । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए ।

भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित बासुसँग सो लुब्रिकेन्ट उद्योग र नेपाली बजार सम्भाव्यता वारेमा गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

नेपालमा भिडोल लुब्रिकेन्ट उत्पादन गर्ने योजना कसरी बनाउनु भयो ?
नेपाली बजारमा पहिले देखि नै भिडोल लुब्रिकेन्टको राम्रो बजार थियो । यद्यपि यहाँ अन्य सम्भावनाहरु समेत थिए । तर विभिन्न कर नीतिका कारण नेपालमै लुब्रिकेन्ट उत्पादन गर्न सकियो भने नेपाली ग्राहक र कम्पनीलाई मात्र होइन, समग्र नेपाली जनतालाई नै फाइदा हुन सक्छ भन्ने कुरामा ध्यान गयो । नेपालमा कन्स्ट्रक्सन लगायतका क्षेत्रमा धेरै कार्य भइरहेको र अटोमोबाइल व्यवसाय समेत बढिरहेको समयमा लुब्रिकेन्टको खपत समेत बढ्ने अवस्था छ ।

यो अवस्थामा नेपाली बजारमा राम्रो व्यापार विस्तार गरिरहेको र जनसम्पर्क राम्रो भएको युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजसँगको सहकार्यमा भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन गर्ने योजनाका साथ कार्य अगाडि बढेको हो ।

यसबाट खासमा नेपाली ग्राहक र समग्र जनतालाई के फाइदा हुन्छ ?
लुब्रिकेन्टका लागि आवश्यक कच्चा पदार्थ आयात गरे पनि अन्य सबै कार्य नेपालमै गरिन्छ । क्वालिटी, सर्भिस र इनोभेसनमा राम्रो गरिरहेको भिडोल ब्रान्डको उत्पादन नेपालमै भएको अवस्थामा यहाँ धेरै जनशक्तिले काम पाउने मात्र होइन, आसपासका क्षेत्रमा विकास समेत हुन्छ । यसबाट मूल्यमा समेत केही कमी अवश्य हुन्छ ।

‘बिजनेस इज एन आउटकम अफ राइट स्टेप्स’ अर्थात सही दिशामा सही स्टेप लिने हो भने व्यवसायमा आफै अंक बढ्छ । आशा वेगर कुनै काम गर्ने हो भने त्यो गलत रवैया हुन्छ । हामी हाम्रो मार्केट, पार्टनर र ट्रयाकप्रति कन्फिडेन्स छौ ।

नेपाली बजारमा समेत अटोमोबाइल क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिरहेका छन् । इन्जिन, फ्युल र यसका साथमा लुब्रिकेन्टको प्रविधिमा समेत परिवर्तन भइरहेको छ । यो अवस्थामा लामो समय देखि यही क्षेत्रमा कार्यरत भिडोल इन्टरनेसनलले आगामी दिनमा अझै नयाँ तरिकाले कार्य गर्नेछ, जसले गर्दा अन्ततोगत्वा नेपाली जनताले समेत फाइदा लिन सक्ने छन् ।

आगामी दिनमा प्लान्टबाट के अपेक्षा राख्नुभएको छ ?
प्रोडक्ट र टेक्नोलोजीले मात्र स्थानीय बजारको आवश्यकतालाई पुरा गर्न सक्दैन । यसका लागि सप्लाई चेनको आवश्यकता पर्छ । यस अनुसार युके वा भारतमा बसेर नेपाली ग्राहकको आवश्यकतालाई पुरा गर्न सकिदैन । समस्या अनुभव गर्न सकिदैन । यसका लागि नेपालमै बसेर नेपाली ग्राहकको आवश्यकता पुरा गर्नु पर्छ । हामीले त्यही अनुसार उद्योग स्थापना गरेका हौ । आगामी दिनमा आवश्यकता पुरा हुनेमा हामी विश्वस्त छौ ।

नेपालका साथै विश्व बजारमा समेत ईभीको माग बढ्दै गइरहेको छ । यो अवस्थामा तपाईहरुको बजारमा कस्तो प्रभाव पर्ने अनुमान गर्नुभएको छ ?
विश्वमा विभिन्न नयाँ प्रविधि भित्रिरहेका छन् । यस्ता प्रविधिले पुरानो प्रविधिलाई विस्थापित गर्नुका साथै नयाँ अवसर समेत सिर्जना गरिरहेका हुन्छन् । ईभीको सन्दर्भमा पनि यही अवस्था छ । नेपालको अवस्था झन् अलि फरक छ ।

नेपालको कर संरचनाका कारण पनि यहाँ धेरै ईभी भित्रिरहेका छन् । यो अवस्थामा प्रतिस्पर्धा पनि बढ्दो छ । चुनौती र अवसर दुवै छ । खासगरी लोकल मार्केटमा कार्य गरिरहेकाहरुका लागि समस्या हुन सक्छ । तर ईभीका लागि लुब्रिकेन्टका साथै थर्मल म्यानेजमेन्ट समेत आवश्यक पर्छ ।

हामीसँग यसका लागि टेक्नोलोजी, प्रोडक्ट लाइन र पोर्टफोलियो सबै छ । हामीले लोकल पार्टनरमार्फत सबै कार्य गर्न सक्छौ । यो अवस्थामा हामी नयाँ इनोभेसनको खोजीमा लाग्ने गर्छौ । आगामी दिनमा ईभीको माग बढ्दै गएमा हामी पनि त्यही अनुसार इनोभेसनमा लाग्ने छौ ।

भिडोल र युनाइटेड लुब्रिकेन्टको भिजन, मिसन एउटै छ भन्नु भयो । फ्याक्ट्री पनि भ्रमण गर्नुभयो । यो अवस्थामा तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामीले समय अनुसार योजना बनाउनु पर्छ । यदि हामीले समयमै कुनै काम नगर्ने हो भने अन्य कोहीले गर्न सक्छ भन्ने कुरामा पनि ध्यान दिनु पर्छ । नेपालमा कर नीतिका कारण केही अप्ठ्यारो अवस्था रहेको समयमा लोकल पार्टनरसँग मिलेर लुब्रिकेन्ट उद्योगमा केही गर्न सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान गएको हो ।

यसका लागि लामो समय देखि कार्य गरेको भिडोलको गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउनका लागि बलियो पार्टनरको आवश्यकता प-यो । ‘बिजनेस इज एन आउटकम अफ राइट स्टेप्स’ अर्थात सही दिशामा सही स्टेप लिने हो भने व्यवसायमा आफै अंक बढ्छ । आशा वेगर कुनै काम गर्ने हो भने त्यो गलत रवैया हुन्छ । हामी हाम्रो मार्केट, पार्टनर र ट्रयाकप्रति कन्फिडेन्स छौ ।

यी तीनै पक्षको कन्फिडेन्स मिलाएर हामी नेपालको लुब्रिकेन्ट उद्योगमा एक सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ । हाम्रो यस्तै अवस्था अन्य धेरै अन्तर्राष्ट्रिय बजारमा पनि छ । यसकारण पनि यो सम्भव छ र युनाइटेडसँगको सहकार्यमा हामी सन्तुष्ट छौ ।

नेपाली बजार कस्तो हुने अपेक्षा गर्नुभएको छ ? भारतमा भिडोलको बजार कस्तो छ ?
नेपाली बजारमा वार्षिक रुपमा एक हजार देखि डेढ हजार केएल सम्मको व्यापार गर्नु ठुलो कुरा होइन । नयाँ प्रविधि भित्रिदै जादा र माग बढ्दै जादा बजार पनि बढ्दै जान्छ । यद्यपि अहिले हामीले बजारको आधार निर्माण गरिरहेका छौ र बजार पनि बढ्दै छ । अहिले पनि ग्राहक सचेतना जगाउनु आवश्यक छ भने हामी पुग्न नसकेका धेरै स्थानमा पहुँच बढाउनु आवश्यक छ । यसका लागि केही लामो समय भने लाग्न सक्छ ।

भारतीय बजारमा भने धेरै ठूलो प्रतिस्पर्धा छ । हामी करिव ४ देखि ५ प्रतिशत बजार हिस्साका साथ कार्य गरिरहेका छौ । भारतमा यामाहा, हिरो, होन्डा लगायतका टु ह्विलर ब्रान्डसँग करिव २५ वर्ष देखि नै ओईएमको रुपमा सहकार्य भइरहेको छ । यसका साथै एग्रिकल्चर, प्यासेन्जर कार आदि विभिन्न सेक्टरमा हामी राम्रो पोजिसनमा छौ । त्यहाँ पनि अझै गर्न सकिने धेरै अवसर पनि छन् । आगामी दिनमा हामी त्यसै अनुसार कार्य गर्नेछौ ।

लुब्रिकेन्ट उत्पादन र वितरण सम्बन्धमा कस्तो चुनौती देख्नुभएको छ ?
मार्केट ‘इभल्व’ भयो वा ‘मच्योर’ भयो भने ‘इभोलुसन’को बाटो पनि खुल्छ । नेपालको बजार पनि त्यही दिशातिर उन्मुख छ । हाम्रो नेपाली पार्टनरले पहिले देखि नै सफलताका साथ बजारमा राम्रो कार्य गरिरहेको अवस्था छ । तर आगामी दिनमा लुब्रिकेन्ट बजारका लागि बजार पहुँच बढाउने र उपभोक्ताको मनस्थितिमा परिवर्तन गर्नुपर्ने एक चुनौती छ ।

त्यसैगरी कच्चा पदार्थ आवश्यकता अनुसार उपलब्ध गराउनु पर्ने अर्को चुनौती हुन सक्छ । प्रविधि परिवर्तन भइरहन्छ । त्यही अनुसार लुब्रिकेन्ट उद्योगमा पनि परिवर्तन ल्याउनु पर्ने आवश्यकता हुन सक्छ । अटोमोबाइल र इन्डष्ट्रियल सेक्टरले कसरी ईएसजी अर्थात इनभाइरोमेन्टल, सोसियल र गभर्नेन्स जस्ता क्षेत्रमा काम गर्छन् भन्ने अर्को महत्वपूर्ण पक्ष हो । यसमा पनि भिडोल एक उत्तरदायी कम्पनी भएकाले यही क्षेत्रमा विशेष रुपमा भूमिका खेल्नु पर्ने आवश्यकता छ ।

सम्बन्धित समाचारहरू

डकहम्स आयल र नेपाल – एक ऐतिहासिक सम्बन्ध

डकहम्स आयल र नेपाल – एक ऐतिहासिक सम्बन्ध

काठमाडौं – विश्वप्रसिद्ध र प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’...

गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्टको ब्लेन्डिङ प्लान्ट नेपालमै स्थापना गर्ने

गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्टको ब्लेन्डिङ प्लान्ट नेपालमै स्थापना गर्ने

काठमाडौं – गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले...

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...