पेट्रोलियम मूल्य वृद्धिको असर लुब्रिकेन्ट्समा पनि, १० देखि १५ प्रतिशतसम्म मूल्य बढ्ने
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै यसको सिधा असर...
काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको नेपाली बिक्रेता परिवर्तन भएको छ । विगत लामो समयदेखी ओम्नी इन्टरनेश्नलले कारोबार गर्दै आएको सो लुब्रिकेन्ट्स ब्राण्डलाई शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले आफू मातहत ल्याएको हो ।
अमेरिकन ब्राण्डका रुपमा परिचित भल्भोलिनलाई पछि साउदी अरबको अराम्को कम्पनीले खरिद गरेपछि भारतसहित विश्वका कैयन राष्ट्रमा प्लान्ट स्थापना गरी उच्च गुणस्तरिय लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । भाल्भोलिन उत्पादन गर्ने अराम्को सेलपछि विश्वको दोस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनीका रुपमा परिचित छ ।
प्यासेन्जर कार सेग्मेन्टमा निकै नै लोकप्रिय मानिने सो ब्राण्डको नेपाली बजारमा भने कमर्सियल भेइकलमा समेत राम्रो खपत रहँदै आएको छ । जगदम्बा मोटर्सले डिलरसिप लिएपछि यसको खपत टु–ह्विलरमा बढेर जाने अनुमान गर्न सकिन्छ । कम्पनीले बिक्री गर्ने टीभीएस मोटरसाइकल र स्कुटरमा यसको प्रयोग हुने हुँदा यो सेग्मेन्टमा खपत बढ्ने देखिएको हो ।
टीभीएस सहित प्रोटोन ब्राण्डको कार तथा जेएमसी ब्राण्डको पिकअप ट्रक आयत गरी कारोबार गर्दै आएको जगदम्बा मोटर्सले हेभी इक्विपमेन्टमा केस ब्राण्डको पनि बिक्री गर्दै आएको छ । कम्पनीले यसअघि एड्नोक ब्राण्डको लुब्रिकेन्ट्स आयत गरी बिक्री गर्दै आएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै यसको सिधा असर...
काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा...
काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...