१५ सय किलोलिटर बिक्री लक्ष्यसहित भिडोल लुव्रिकेन्ट्सको डिलर मिट सम्पन्न
भिडोल लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भिजी ल्यूव प्रालिले...
काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको नेपाली बिक्रेता परिवर्तन भएको छ । विगत लामो समयदेखी ओम्नी इन्टरनेश्नलले कारोबार गर्दै आएको सो लुब्रिकेन्ट्स ब्राण्डलाई शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले आफू मातहत ल्याएको हो ।
अमेरिकन ब्राण्डका रुपमा परिचित भल्भोलिनलाई पछि साउदी अरबको अराम्को कम्पनीले खरिद गरेपछि भारतसहित विश्वका कैयन राष्ट्रमा प्लान्ट स्थापना गरी उच्च गुणस्तरिय लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । भाल्भोलिन उत्पादन गर्ने अराम्को सेलपछि विश्वको दोस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनीका रुपमा परिचित छ ।
प्यासेन्जर कार सेग्मेन्टमा निकै नै लोकप्रिय मानिने सो ब्राण्डको नेपाली बजारमा भने कमर्सियल भेइकलमा समेत राम्रो खपत रहँदै आएको छ । जगदम्बा मोटर्सले डिलरसिप लिएपछि यसको खपत टु–ह्विलरमा बढेर जाने अनुमान गर्न सकिन्छ । कम्पनीले बिक्री गर्ने टीभीएस मोटरसाइकल र स्कुटरमा यसको प्रयोग हुने हुँदा यो सेग्मेन्टमा खपत बढ्ने देखिएको हो ।
टीभीएस सहित प्रोटोन ब्राण्डको कार तथा जेएमसी ब्राण्डको पिकअप ट्रक आयत गरी कारोबार गर्दै आएको जगदम्बा मोटर्सले हेभी इक्विपमेन्टमा केस ब्राण्डको पनि बिक्री गर्दै आएको छ । कम्पनीले यसअघि एड्नोक ब्राण्डको लुब्रिकेन्ट्स आयत गरी बिक्री गर्दै आएको थियो ।
भिडोल लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भिजी ल्यूव प्रालिले...
मोटुल लुब्रिकेन्ट विश्वमै गुणस्तरीय लुब्रिकेन्टको रुपमा परिचित छ ।...
काठमाडौं– टोटल लुब्रिकेन्ट्सले काठमाडौँमा रिटेलर मिट सम्पन्न गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...