भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । प्रेमी प्रेमिकाहरुका लागि विशेष दिन । यही अवसरमा बाइक वा स्कुटर किनेर उपहार दिन सकिन्छ । यसैका लागि विभिन्न कम्पनीहरुले छुटको समेत व्यवस्था गरेका छन् ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले ‘की टु द गोल्डेन हार्ट’ अफर ल्याएको छ । यस अन्तर्गत १ लाख रुपैयाँसम्मको क्यासब्याक उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप उपलब्ध हुनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिने यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यस अन्तर्गत एफजेड(एस एफआई भर्सन ३.०, एफजेड(एस एफआई भर्सन २.०, एफजेड एफआई भर्सन २.०, एसजेड आरआर भर्सन २.०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडल रहेका छन् ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस् स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँ सम्मको स्योरशट नगद छुट पाउनेछन् ।

होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले भ्यालेन्टाइन डेका लागि ‘मायाको होन्डा’ अफर ल्याएको छ । यस अन्तर्गत कुनै पनि होन्डा बाइक वा स्कुटर किन्दा ५ हजार नगद क्यासब्याक उपलब्ध हुनेछ ।

सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले उपलब्ध गराइरहेको ‘सुजुकी विन्टर स्पेसल अफर’ लाई नै भ्यालेन्टाइन डेको उपहारको रुपमा उपलब्ध गराउने बताएको छ । यस अन्तर्गत सुजुकीका वर्गम्यान, एभेनिस र एक्सेस स्कुटर तथा हायते मोटरसाइकलको खरिदमा ग्राहकले १५ हजार नगद छुट पाउनेछन् ।

यसका साथै ग्राहकले आफूसँग भएको जुनुकै ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो बाइक वा स्कुटरमा १५ हजार अतिरिक्त मूल्यांकन दिने जनाएको छ ।

सम्बन्धित समाचारहरू

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

टीभीएसले एनटर्क स्कुटरको नयाँ संस्करण एक्सटी भारतीय बजारमा लन्च गरेको छ ।...

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

स्कुटरलाई सबैभन्दा सुविधाजनक सवारीसाधनको रूपमा लिइन्छ । कार्यालय, कलेज वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...