टीभीएसले ल्यायो भ्यालेन्टाइन डे अफर : स्कुटर किन्दा यति धेरै छुट पाइने

काठमाडौं – टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस् स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँ सम्मको स्योरशट नगद छुट पाउनेछन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको दावी गरिएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री–वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीको भनाइ छ ।

टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सीसीको स्कुटर हो जसमा भएको बीएस ६ र आरटी(एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बीएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ ।

यसमा भएको राइड मोड (स्ट्रिट÷रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले जम्मा मासिक ३ हजार ९९९ अर्थात प्रतिदिन १३३ रुपैयाँ, २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागू हुनेछ ।

सम्बन्धित समाचारहरू

अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको...

टीभीएसको दोस्रो एओजी नाइट राइड सम्पन्न

टीभीएसको दोस्रो एओजी नाइट राइड सम्पन्न

काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले...

भृकुटीमण्डमा सकियो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला, युनिराइडले बेच्यो धेरै बाइक र स्कुटर

भृकुटीमण्डमा सकियो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला, युनिराइडले बेच्यो धेरै बाइक र स्कुटर

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा गत असोज १ देखि प्रारम्भ भएको टीभीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...