पेट्रोलियम पदार्थको भाउ बढेसँगै बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?

काठमाडौँ- सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४।७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६।१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६।८३ प्रतिशतले बढेको हो ।

बढेको भाडादर आजैबाट लागु भएको हो । विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।

निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । मंगलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको छ ।

यस्ताे छ भाडादरः

सम्बन्धित समाचारहरू

चाँडै लन्च हुने तयारीमा यी ५ एसयूभी, कुनको विशेषता के ?

चाँडै लन्च हुने तयारीमा यी ५ एसयूभी, कुनको विशेषता के ?

हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा धेरै नयाँ एसयूभी मोडल...

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

युरोपेली संघले स्क्र्याप गरिएका सवारीसाधनको लागि नयाँ नियम मस्यौदा गरेको...

काठमाडौँ महानगरभित्र सेवाग्राहीबाट पार्किङ शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ महानगरभित्र सेवाग्राहीबाट पार्किङ शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा रहेका व्यापारिक भवनले आफ्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...