पेट्रोलियम पदार्थको अभाव हुन सक्ने सम्भावना, ढुवानी कर्ताहरुले गरे खोपको आग्रह

काठमाडौं - नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ ।

संघले आईतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोकिएको जनाएको हो ।

संघले दोस्रो लहरको कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि भएको भन्दै संघले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो ।

तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत वेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

‘अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ्य सामग्री र पहिलो प्राथमिकतामा संक्रमण विरुद्धको खोप अति आवश्यक छ । खोपको विषयमा संघले बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको भएतापनि कुनै पनि कदम चालेको नदेखिएकाले स्वास्थ्य सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अति आवश्यक जोखिममा चालक, सहचालकहरु सेवा उपलब्ध गराउन असमर्थ भएका छौँ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

संघले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा काठमाडौं उपत्यका लगायतका जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

सम्बन्धित समाचारहरू

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य अब १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । एकै...

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट, पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घट्याे

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट, पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घट्याे

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल...

निगमले घटायो इन्धनको मूल्य, अब कुनकाे कति ?

निगमले घटायो इन्धनको मूल्य, अब कुनकाे कति ?

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...