अपग्रेड सहितको मोटरहेड एमएच १५० आर नेपाल आउने

काठमाडौं – मोटरहेड एमएच १५० आर बाइक अझै अपग्रेड भएर आउने भएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर आउने बताएको छ । आगामी मे महिना सम्म सो बाइक नेपाली बजारमा उपलब्ध हुनेछ ।

बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन हुनेछ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर हुनेछ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत हुनेछ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ । 

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेकोछ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

सम्बन्धित समाचारहरू

६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य  यथावत

६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य यथावत

काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो...

आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

निषेधाज्ञा पहिले १६ गते भित्र मोटरहेड बाइक बुकिङ गर्दा वा किन्दा थप ५ हजार छुट पाइने

निषेधाज्ञा पहिले १६ गते भित्र मोटरहेड बाइक बुकिङ गर्दा वा किन्दा थप ५ हजार छुट पाइने

काठमाडौं – नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...