आन्सर ब्याक फिचरसहितअपडेटेड यामाहा रे-जेडआर स्ट्रिट र्‍याली स्कुटर लन्च

यामाहा इन्डियाले भारतीय बजारमा रे-जेडआर स्ट्रिट र्‍याली स्कुटरको अपडेटेड मोडल लन्च गरेको छ । स्कुटरमा अब 'आन्सर ब्याक' फंक्शन र एलईडी डेटाइम रनिङ लाइट जस्ता नयाँ सुविधा थपिएको छ । यसका साथै स्कुटर हाइब्रिड इन्जिन र नयाँ कलर अप्सनसहित ल्याइएको छ ।

अपडेटेड स्कुटरको मूल्य ९८ हजार १३० भारु राखिएको छ । नयाँ अपडेटपछि स्कुटरको मूल्य अघिल्लो मोडलको तुलनामा २ हजार महँगो भएको छ । यामाहा रे-जेडआर स्ट्रिट र्‍यालीले होन्डा एक्टिभा १२५, टीभीएस जुपिटर १२५, हिरो डेस्टिनी १२५ र सुजुकी एस १२५सँग प्रतिस्पर्धा गर्नेछ ।

आन्सर ब्याक फंक्शनले भीडभाड भएका क्षेत्रमा सो स्कुटर सजिलै पत्ता लगाउन मद्दत गर्नेछ। मोबाइल एपमा ‘आन्सर ब्याक’ मा ट्याप गर्ने बित्तिकै स्कुटरका इन्डिकेटर फ्ल्यास हुन थाल्छ र बजरबाट बिप बज्छ । यसका साथै यसमा एलईडी डेटाइम रनिङ ल्याम्प पनि दिइएको छ । स्कुटरमा ड्युअल टोन कलर विकल्प सहित २ लेभल सिट समावेश छ । यसमा आइस फ्लु-वर्मिलियन, म्याट ग्रीन र म्याट ब्ल्याक समावेश छ। नयाँ अपडेट पछि, स्कुटरको स्टाइल अब पहिलेको भन्दा तेज र शक्तिशाली भएको छ। यो स्कुटरमा २१ लिटर अन्डर सिट भण्डारण छ।

सो स्कुटरमा १२५ सीसी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन रहेको छ । जसले ८.२ एचपी पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ट्रान्समिशनका लागि सीभीटी गियरबक्ससँग ट्युन गरिएको छ । सो इन्जिन बीएस भीआई ओबीडी२ र ई-२० फ्युल अनुरूप छ र हल्का हाइब्रिड पेट्रोल स्कुटर मध्ये एक हो । यसमा अटोमेटिक स्टप र स्टार्ट फिचर र फ्युल सेव र साइलेन्ट स्टार्टको लागि स्मार्ट मोटर जेनेरेटर उपलब्ध छ ।

सो स्कुटरमा कम्फर्ट राइडिङका लागि अगाडिमा टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोकोक सस्पेन्सन दिइएको छ । ब्रेकिङका लागि स्कुटरको अगाडि डिस्क र रियर ड्रम ब्रेक सेटअप दिइएको छ । यसमा साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच र डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिनको साथ वाई कनेक्ट ब्लुटुथ जडान छ ।

सम्बन्धित समाचारहरू

दुई नयाँ कलर भेरिएन्टमा यामाहाले ल्यायो एफजेड-एस एफआई ४.०

दुई नयाँ कलर भेरिएन्टमा यामाहाले ल्यायो एफजेड-एस एफआई ४.०

यामाहा इन्डियाले एफजेड-एस एफआई संस्करण ४.० डीएलएक्स दुई नयाँ कलर...

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल यामाहा एक्सएसआर १५५ का लागि नयाँ...

काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौं– यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...