क्लासिक लेजेन्ड्सका सह–संस्थापकले जिते येज्दी ट्रेडमार्कको मुद्दा
क्लासिक लेजेन्ड्सका सह–संस्थापक बोमन इरानीले अन्ततः येज्दी ट्रेडमार्कको...
जावाले आफ्नो पुरानो मोडल जावा ४२ को अपडेट भर्सन भारतीय बजारमा प्रस्तुत गरेको छ । कम्पनीले यसको फिचर्स, पेन्ट स्किम, इन्जिन गियरबक्स र फ्रेम अपडेट गरेको छ । अपडेट पछि पनि २०२४ जावा ४२ को मूल्यमा १७ हजार भारु सस्तो भएको छ । अब नयाँ संस्करण पुरानो भन्दा बढी किफायती भएको छ ।
अपडेट गरिएको जावा ४२ को कोरमा यसको लिक्विड कुल्ड, सिंगल-सिलिन्डर मोटरको नयाँ संस्करण हो । यसलाई अहिले जे प्यान्थर भनिनेछ । नयाँ इन्जिनमा रिफाइनमेन्ट, एफिशिएन्सी र परफर्मेन्स सुधार गर्न महत्वपूर्ण परिवर्तन भएको छ ।
कम्पनीले सो नयाँ बाइकको थर्मल दक्षतामा २५ प्रतिशत र कुलिङ दक्षतामा १५ प्रतिशत वृद्धि भएको दाबी गरेको छ । यसको क्र्याङ्कशाफ्टलाई पुन: सन्तुलित गरिएको छ, जसले बाइकको कम्पन कम गर्न र मोटरलाई अझ टिकाउ बनाउन मद्दत गर्छ ।
अपडेट गरिएको जावा ४२ मा एक्जस्ट र च्यासिसमा परिवर्तन गरिएको छ । यसको फ्युल इफिसियन्सी सुधार गर्नका लागि लाम्ब्डा सेन्सरलाई सिलिन्डर हेडको नजिक सारिएको छ ।
साथै बाइकलाई राम्रो राइडिङको लागि सस्पेन्शन पनि अपडेट गरिएको छ । ब्रेकिङ सिस्टम स्ट्यान्डर्ड रुपमा सिंगल च्यानल एबीएका साथमा उपलब्ध छ, तर केही भेरिएन्टमा ड्युअल च्यानल युनिट उपलब्ध छ । स्पेक र अलोय ह्विल भेरिएन्ट पनि विकल्प रहेको छ ।
क्लासिक लेजेन्ड्सका सह–संस्थापक बोमन इरानीले अन्ततः येज्दी ट्रेडमार्कको...
जावा येज्दी मोटरसाइकलले नयाँ जावा ४२ एफजे भारतीय बजारमा लन्च गरेको छ । यसमा...
जावा मोटरसाइकलले भारतीय बजारमा आफ्नो क्लासिक बाइक जावा ३५० अपडेट गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...