थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

जावा येज्दी मोटरसाइकलले नयाँ जावा ४२ एफजे भारतीय बजारमा लन्च गरेको छ । यसमा अन्य जावा ४२ मोटरसाइकलको तुलनामा धेरै नयाँ सुविधा थपिएको छ । साथै यसको डिजाइनमा पनि केही परिवर्तन गरिएको छ ।

जावा ४२ एफजेलाई आधुनिक रेट्रो थिम दिइएको छ । यसको साइडमा टियर ड्रप आकारको इन्धन ट्याङ्की र छेउमा एल्युमिनियम प्लेट राखिएको छ । साथै साइड प्यानल अन्य जावा ४२ जस्तै दिइएको छ । यसमा नयाँ सिंगल-पीस टी र एकल-पीस ह्यान्डलबार छ । बाइकमा डायमण्ड कट अलोय ह्विल दिइएको छ । यसमा स्प्लिट ग्रेब रेल र बिट्समा अपस्वेप्ट ट्विन एग्जस्ट दिइएको छ । यसलाई ५ कलरमा ल्याइएको छ ।

जावा ४२ एफजेमा मल्टि-स्पोक अलोय ह्विल, ब्ल्याक आउट इन्जिन र अपस्वेप्ट एग्जस्ट पाइपले बाइकलाई स्पोर्टी पार्टले जोडिएको छ । यसको बेस मोडेलमा वायर स्पोक ह्विल दिइएको छ । बाइकमा अल-एलईडी लाइट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, अफसेट स्पिडोमिटर, असिस्ट र स्लिपर क्लच जस्ता फिचर समावेश छ । यसका साथै बाइकमा युएसबी चार्जिङ पोर्ट र सिंगल पड पनि दिइएको छ ।

बाइकमा स्टिलको च्यासिस प्रयोग गरिएको छ । यसमा ४१ एमएम टेलिस्कोपिक फोर्क र ट्विन शक एब्जर्बर समावेश छ । ब्रेकिङका लागि बाइकको अगाडि र पछाडि डिस्क ब्रेक जोडिएको छ । सो बाइक ड्युअल च्यानल एबीएसले सुसज्जित छ ।

नयाँ जावा ४२एफजे ३३४ सीसी, लिक्विड कूल्ड, सिंगल सिलिन्डर इन्जिनद्वारा संचालित छ, जुन जावा ३५० मा पनि प्रयोग गरिएको छ । सो इन्जिनले २९ बीएचपी र २९.६ एनएमको पीक टर्क जेनेरेट गर्छ । इन्जिनलाई ६ स्पिड गियरबक्समा स्लिप एण्ड असिस्ट क्लचको साथ जोडिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...