बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी

अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा मात्र नभई नेपाली बजारमा समेत एसयुभी सेग्मेन्टका गाडी नै बढी लोकप्रिय बनिरहेका छन् । यो सेग्मेन्टको बजार बिस्तार हूदै गएपछि भारतका ठूला अटो उत्पादकहरुले अहिले कुपे स्टाइलका एसयुभी उत्पादनमा जोड दिन थालेका छन् ।

प्राय महंगो र प्रिमियम ब्रान्डले मात्र उत्पादन गर्दै आइरहेको यो स्टाइलको एसयुभीमा पछिल्लो समय टाटा, महिन्द्रा, सुजुकी र टोयोटाले तयारी गररहेको बुझिएको छ । जसमध्ये टाटाले केहि दिन पहिलेमात्र यहि स्टाइलमा आधारित कर्भ कन्सेप्टलाई सार्बजनिक समेत गरिसकेको छ ।

टाटाको नयाँ जेनेरेशन–२ प्लेटफर्ममा उत्पादन हुने यी एसयुभी इलेक्ट्रिक र कम्वस्टन इन्जिन समेत उपलब्ध हुनेछ । यो एसयुभीको निर्माणमा टाटा मोटर्सले नयाँ जेनेरेशनको इम्प्याक्ट डिजाइन फेलोसफीलाई अत्मसाथ गर्ने बताएको छ । यो कारको उत्पादन अर्को बर्षदेखी सुरु हुने र २०२४ सम्ममा बजारमा आइसक्ने जनाइएको छ । पहिलो चरणमा इभी ल्याएपछि कम्वस्टन इन्जिनलाई उतार्ने टाटा मोटर्सले योजना बनाएको छ ।

एसयुभी गाडीको उत्पादनमा कहलिएको अर्को भारतीय अटो उत्पादक महिन्द्राले पनि ‘वर्न इभी’ प्लेटफर्म अन्तर्गत हाल कारोबार भैरहेका आफ्ना एसयुभीहरुलाई बिस्तारै इलेक्ट्रिक भर्सनमा रुपान्तरण गर्दै जाने बताएको छ । यसै वर्षको जुलाई महिनामा ३ नयाँ इलेक्ट्रिक एसयुभीको कन्सेप्ट सार्बजनिक गर्ने उद्घोष गरिसकेको महिन्द्राले यी मध्ये एक एसयुभीलाई कुपे स्टाइलमा उतार्ने संभावना देखिएको छ । महिन्द्राको लाइनअपमा सबैभन्दा माथिल्लो भेरियन्ट रहने भनी चर्चा हुँदै आएको एक्सयुभी ९०० लाई उसले यो स्टाइलमा ल्याउन सक्ने आँकलन गरिएको हो ।

मारुती सुजूकीले यसै वर्षको अन्त्यसम्मा लन्च गर्ने अपेक्षा गरिएको नयाँ एसयुभी समेत कुपे स्टाइलको हुने देखिएको छ । वाइटिवी कोडनेम दिइएको यो एसयुभीलाई सुजुकीले वलेनो ह्याचव्याकको प्लेटफर्ममा उत्पादन गर्न लागेको हो । यो नयाँ एसयुभी १.२ र १.५ लिटर इन्जिनमा उपलब्ध हुनसक्ने आँकलन गरिएको छ ।

यसैगरी, सुजुकीकै वाइटिवी कोडनेममा उत्पादन हुने एसयुभीमा टोयोटाको लोगो लागेर आउने लगभग पक्कापक्कि जस्तै भैसकेका कारण टोयोटा ब्रान्ड नेममा समेत नयाँ कुपे स्टाइलको एसयुभी लन्च हुने देखिएको छ । सुजुकीको एसयुभीभन्दा फरक देखाउन यो एसयुभीमा केही कस्मेटिक परिवर्तनहरु भने गरिनेछन् ।

सम्बन्धित समाचारहरू

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...

नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

मलेसियामा हालै लन्च भएको ईभी प्रोटोन इमास ७ ले १ हजार युनिट डेलिभरी...

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...