बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी

अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा मात्र नभई नेपाली बजारमा समेत एसयुभी सेग्मेन्टका गाडी नै बढी लोकप्रिय बनिरहेका छन् । यो सेग्मेन्टको बजार बिस्तार हूदै गएपछि भारतका ठूला अटो उत्पादकहरुले अहिले कुपे स्टाइलका एसयुभी उत्पादनमा जोड दिन थालेका छन् ।

प्राय महंगो र प्रिमियम ब्रान्डले मात्र उत्पादन गर्दै आइरहेको यो स्टाइलको एसयुभीमा पछिल्लो समय टाटा, महिन्द्रा, सुजुकी र टोयोटाले तयारी गररहेको बुझिएको छ । जसमध्ये टाटाले केहि दिन पहिलेमात्र यहि स्टाइलमा आधारित कर्भ कन्सेप्टलाई सार्बजनिक समेत गरिसकेको छ ।

टाटाको नयाँ जेनेरेशन–२ प्लेटफर्ममा उत्पादन हुने यी एसयुभी इलेक्ट्रिक र कम्वस्टन इन्जिन समेत उपलब्ध हुनेछ । यो एसयुभीको निर्माणमा टाटा मोटर्सले नयाँ जेनेरेशनको इम्प्याक्ट डिजाइन फेलोसफीलाई अत्मसाथ गर्ने बताएको छ । यो कारको उत्पादन अर्को बर्षदेखी सुरु हुने र २०२४ सम्ममा बजारमा आइसक्ने जनाइएको छ । पहिलो चरणमा इभी ल्याएपछि कम्वस्टन इन्जिनलाई उतार्ने टाटा मोटर्सले योजना बनाएको छ ।

एसयुभी गाडीको उत्पादनमा कहलिएको अर्को भारतीय अटो उत्पादक महिन्द्राले पनि ‘वर्न इभी’ प्लेटफर्म अन्तर्गत हाल कारोबार भैरहेका आफ्ना एसयुभीहरुलाई बिस्तारै इलेक्ट्रिक भर्सनमा रुपान्तरण गर्दै जाने बताएको छ । यसै वर्षको जुलाई महिनामा ३ नयाँ इलेक्ट्रिक एसयुभीको कन्सेप्ट सार्बजनिक गर्ने उद्घोष गरिसकेको महिन्द्राले यी मध्ये एक एसयुभीलाई कुपे स्टाइलमा उतार्ने संभावना देखिएको छ । महिन्द्राको लाइनअपमा सबैभन्दा माथिल्लो भेरियन्ट रहने भनी चर्चा हुँदै आएको एक्सयुभी ९०० लाई उसले यो स्टाइलमा ल्याउन सक्ने आँकलन गरिएको हो ।

मारुती सुजूकीले यसै वर्षको अन्त्यसम्मा लन्च गर्ने अपेक्षा गरिएको नयाँ एसयुभी समेत कुपे स्टाइलको हुने देखिएको छ । वाइटिवी कोडनेम दिइएको यो एसयुभीलाई सुजुकीले वलेनो ह्याचव्याकको प्लेटफर्ममा उत्पादन गर्न लागेको हो । यो नयाँ एसयुभी १.२ र १.५ लिटर इन्जिनमा उपलब्ध हुनसक्ने आँकलन गरिएको छ ।

यसैगरी, सुजुकीकै वाइटिवी कोडनेममा उत्पादन हुने एसयुभीमा टोयोटाको लोगो लागेर आउने लगभग पक्कापक्कि जस्तै भैसकेका कारण टोयोटा ब्रान्ड नेममा समेत नयाँ कुपे स्टाइलको एसयुभी लन्च हुने देखिएको छ । सुजुकीको एसयुभीभन्दा फरक देखाउन यो एसयुभीमा केही कस्मेटिक परिवर्तनहरु भने गरिनेछन् ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम गाडीलाई ईभीमा रुपान्तरण गर्न पाइने कानूनी बाटो खुल्यो

पेट्रोलियम गाडीलाई ईभीमा रुपान्तरण गर्न पाइने कानूनी बाटो खुल्यो

काठमाडौं–सरकारले पेट्रोलियम इन्जिन भएको पुरानो सवारी साधनलाई विद्युतीय...

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...

नर्वे : प्रत्येक १० नयाँ कारमा ९ युनिट ईभी बिक्री

नर्वे : प्रत्येक १० नयाँ कारमा ९ युनिट ईभी बिक्री

सन् २०२४ मा नर्वेमा बिक्री भएका प्रत्येक १० नयाँ कारमध्ये ९ वटा ईभी रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...