नेभिगेसन र राइडिङ मोडसहित नयाँ पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक
बजाज अटोले भारतीय बजारमा आफ्ना दुई नयाँ बाइक पल्सर एन१६० एस र एन१६० एसएस...
काठमाडौं– यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदनलाई अनलिमिटेड बनाउने तयारी गरेको छ । विभागले विहिबारबाट लाइसेन्सको अनलाइन आवेदनलाई अनलिमिटेड बनाउने तयारी गरेको हो ।
कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको परीक्षा पुन सूचारु भएसँगै विभागले कोटा छुट्याएर आवेदन लिइरहेको थियो । अब भने अनलिमिटेड अथवा योग्यता पुगेका सबैले अनलाइन आवेदन दिन मिल्ने गरी तयारी गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘अहिले लाइसेन्सको अनलाइन आवेदनमा कोटा छुट्याउँदा सिस्टममा समस्या आएर सेवाग्राहीको धेरै गुनासो आयो,’ उनले भने, ‘बिहिबारबाट कोटा प्रणाली हटाएर अनलिमिटेड अनलाइन दरखास्त लिने गरी तयारी गरिरहेका छौं ।’
सामान्य अवस्था हुँदा महिनामा करिव ९० हजारले नयाँ लाइसेन्सका लागि आवेदन भर्थे तर १० महिना लाइसेन्स नखुल्दा यसको चाप बढेको छ । त्यसैले सबैले एकैपटक लाइसेन्सको आवेदन दिन खोज्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।
अहिले पनि देशभरका यातायात कार्यालयबाट जम्मा ६ हजारको मात्र परीक्षा लिन सक्ने क्षमता छ । तर, एकैपटक अनलिमिटेड फर्म खोल्दा भने लिखित परीक्षा दिन समेत महिनौं कुर्नुपर्ने अवस्था आउनसक्ने महानिर्देशक हमालले बताए । ‘अहिले हामीसँग देशभरबाट ६ हजारको मात्र क्षमता छ,’ उनले भने, ‘१० महिनासम्म लाइसेन्स नखुल्दा लाखौं मानिस लाइसेन्स लिन तयार भएर बसेका छन् त्यसैले अब यातायात कार्यालयमा लोड थपिने सम्भावना छ । जसले गर्दा लिखित परीक्षाका लागि समेत महिनौं कुनुपर्न सक्छ ।’
हाल विभागले यातायात कार्यालयहरुमा कोटा सिस्टम लागू गरेर एउटा कार्यालयमा मोटरसाइकल १ सय वटा र गाडीका ५० वटामात्र आवेदन लिने गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...