बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि भोलि शुक्रबार देखि जति पनि (अनलिमिटेड रुपमा) अनलाइन फारम भर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदनलाई अब अनलिमिटेड बनाउने भएको हो ।
गत साता देखि नै यसको तयारी गरिएको भए पनि शुक्रबार देखि यसलाई अनलिमिटेड गरिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताएका छन् ।
कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको परीक्षा पुन सूचारु भएसँगै विभागले कोटा छुट्याएर आवेदन लिइरहेको थियो । अब भने अनलिमिटेड अथवा योग्यता पुगेका सबैले अनलाइन आवेदन दिन मिल्ने छ ।
यो भन्दा पहिले अनलाइन फारम भर्दा सिस्टममा समस्या समेत आएको थियो । सामान्य अवस्था हुँदा महिनामा करिव ९० हजारले नयाँ लाइसेन्सका लागि आवेदन भर्थे तर १० महिना लाइसेन्स नखुल्दा यसको चाप बढेको छ । त्यसैले सबैले एकैपटक लाइसेन्सको आवेदन दिन खोज्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।
अहिले पनि देशभरका यातायात कार्यालयबाट जम्मा ६ हजारको मात्र परीक्षा लिन सक्ने क्षमता छ । तर, एकैपटक अनलिमिटेड फर्म खोल्दा भने लिखित परीक्षा दिन समेत महिनौं कुर्नुपर्ने अवस्था आउनसक्ने महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘अहिले हामीसँग देशभरबाट ६ हजारको मात्र क्षमता छ,’ उनले भने, ‘१० महिनासम्म लाइसेन्स नखुल्दा लाखौं मानिस लाइसेन्स लिन तयार भएर बसेका छन् त्यसैले अब यातायात कार्यालयमा लोड थपिने सम्भावना छ । जसले गर्दा लिखित परीक्षाका लागि समेत महिनौं कुनुपर्न सक्छ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...