गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
विद्युतीय कारका टायरहरू परम्परागत कम्वसन इन्जिनयुक्त सवारी साधनहरूको तुलनामा छिटो खिइने एक अध्यायनले देखाएको छ ।
जेडी पावरले अमेरिकामा गरेको अध्यायन अनुसार ईभीमा प्रयोग भएको टायर सवारी धनीले थाहै नपाई हरेक दिन खिइँदै जानेछ । उक्त अध्यानले ईभी मालिकले कम्वसन गाडीमा जस्तै टायर टिक्ने अनुमान गरेपनि यस्तो नपाइएको उल्लेख गरेको हो ।
जेडी पावरका वरिष्ठ निर्देशक एस्ले एडगरका अनुसार ईभीको पर्फमेन्च उच्च हुने कारण पनि टायर चाँडै खिइने जोखिम उच्च रहन्छ । कम्वसन गाडी र ईभीले दिने पर्फमेन्सको अन्तरबारे ग्राहकलाई राम्ररी बुझाएर टायरको टिकाउवारे उचित जानकारी दिनु आवश्यक रहेको उनले बताए ।
सिडिके ग्लोबल द्वारा २०२३ मा गरिएको अर्को अध्ययनमा ईभीमा टायर परिवर्तन गर्नु भनेको कम्वसन गाडीमा इन्धन फेर्नु जस्तै हो भनि टिप्पणी गरिएको छ ।
ईभीको प्रयोग विश्वब्यापी भएसंगै अहिले केही ठूला टायर उत्पादकले इलेक्ट्रिक कारका लागि टायर उपलब्ध गराउन थालेका छन् । हाल मिशेलिन र गुडइयर जस्ता ठूला कम्पनीले ईभी विशेष टायरहरू उत्पादन गर्न थालिसकेका हुन् ।
यी टायरहरू अत्यधिक आवाजबाट बच्नका लागि विभिन्न शक्ति, तौल र लचिलोपनका साथ ईभीको रेन्जलाई बाधा पुग्नबाट रोक्नको लागि आउने गरेका छन् । कम्वसन गाडीको तुलनामा ईभी विशेष टायरको मूल्य अत्याधिक महंगो पर्न जान्छ ।
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
हालै सार्वजनिक भएको टायर बिजनेसको ग्लोबल टायर रिपोर्ट अनुसार ४ भारतीय...
काठमाडौं – जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...