इलेक्ट्रिक कारमा प्रयोग हुने ३ उत्कृष्ट मोटर, कुनको विशेषता के ?

इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीले इन्धन र मोटरले इन्जिनको काम गर्ने हुँदा यस्ता गाडीमा प्रयोग हुने मोटर निकै महत्वपूर्ण मानिन्छ । यस्ता कारमा फ्यूलको प्रयोग नगरिने हुँदा इन्टरनल कम्वसनको प्रक्रिया हुँदैन र ब्याट्रीबाट प्राप्त उर्जालाई सिधै मोटरको साहयतामा गाडीको एक्सलमा पठाइन्छ । जसले गाडीलाई पावर र टर्क दिन्छ र अगाडी वढ्न मद्धत गर्छ ।

इलेक्ट्रिक कारमा प्रयोग हुने व्याट्री विभिन्न प्रकारमा भएजस्तै मोटरका पनि प्रकारहरु छन् । हाल प्रयोगमा आएका यी तीन मोटर उत्कृष्ट रहेको अध्यायनहरुले देखाएका छन् ।

डाइरेक्क करेन्ट(डीसी) सिरिज मोटर
यो एक प्रकारको रोटरी इलेक्ट्रिक मोटर हो, जसले इलेक्ट्रिकल इनर्जी करेन्टलाई सिधै मेकानिकल इनर्जीमा रुपान्तरण गरिदिन्छ । यसलाई पर्मानेन्ट म्याग्नेट डाइरेक्ट करेन्ट मोटर समेत भन्ने गरिन्छ । यो मोटरमा उच्च स्ट्राटिङ टर्क हुने हुँदा एकदमै छिटो एक्सिलेरेसन लिन सकिन्छ । यस्तो मोटरमा प्रयोग हुने म्याग्नेट निकै महंगो पर्ने र व्रसलाई नियमित फेर्नुपर्न कारण यसको प्रयोग कम हुँदै गएको छ ।

व्रसलेस डाइरेक्ट करेन्ट(विएलडीसी) मोटर
यो मोटरमा व्रसको प्रयोग नहुने हुँदा व्रसलाई नियमित रुपमा फेरिरहनु पर्ने झन्झट हुँदैन । विएलडीसी मोटर कम तौल र सानो आकारको हुने भएपनि यसको रेन्ज स्पिड उच्च हुनुको साथै कार्य क्षमता समेत उच्च हुन्छ । अहिले धेरैजसो इभीमा यहि मोटरको प्रयोग हुने गरेको छ ।

थ्री फेज अल्टरनेटिङ करेन्ट(एसी) इन्डक्सन मोटर
यस प्रकारको मोटर मेन्टिनेन्स फ्रि हुनुको साथै डिसी र विएलडीसी मोटरको तुलनमा सस्तो समेत पर्छ । यो मोटरको स्ट्राटिङ टर्क निकै उच्च हुने कारण छिट्टै एक्सिलेरेसन लिन सकिन्छ । स्पिड कन्ट्रोलका लागी यसमा इन्भर्टर र सर्किटहरु राखिएको हुन्छ । सस्तो र उच्च टर्क दिने विशेषताका कारण यो अहिले निकै लोकप्रिय वनिरहेको छ ।

सम्बन्धित समाचारहरू

लुयान स्कुटरको ‘देशको उर्जा देशमै खपत’ अभियान, स्कुटर किन्दा इन्डक्सन चुल्हो र कुकर सित्तैमा

लुयान स्कुटरको ‘देशको उर्जा देशमै खपत’ अभियान, स्कुटर किन्दा इन्डक्सन चुल्हो र कुकर सित्तैमा

लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राइड...

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...