इन्जिन कति प्रकारको हुन्छ ? इनलाइन, भी, डब्ल्यू, बक्सर र रोटरीको अर्थ के हो ?

इन्जिन विभिन्न प्रकारका हुन्छन्, जसलाई इन्धनको प्रकार, सिलिन्डरको व्यवस्था, इन्धन दहनको प्रक्रिया र कार्य गर्ने सिद्धान्तका आधारमा वर्गीकरण गर्न सकिन्छ। इन्जिनलाई इनलाइन, भी, डब्ल्यु, बक्सर र रोटरी इन्जिनको रुपमा वर्गीकरण गरिएको छ । यी इन्जिन फरक डिजाइन र कार्यसम्पादनका लागि बनाइएको हुन्छ ।

इनलाइन इन्जिन : इनलाइन इन्जिनलाई 'स्ट्रेट इन्जिन' पनि भनिन्छ । यो सबैभन्दा बढी प्रयोग हुने इन्जिन हो । यसमा सबै सिलिन्डरहरू सिधा रेखामा हुन्छ, जसले गर्दा यसको डिजाइन सरल, कम्प्याक्ट र किफायती हुन्छ । यो साना र मध्यम आकारका कारको लागि राम्रो विकल्प हो । इनलाइन इन्जिनमा सामान्यतया ३ देखि ६ सिलिन्डर हुन्छन्। सो इन्जिन मारुती वागनआर, स्विफ्ट, हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता लोकप्रिय कारमा प्रदान गरिएको छ । इनलाइन इन्जिन इनलाइन ३, इनलाइन ४ र इनलाइन ६ गरी ३ प्रकारको हुन्छ ।

भी इन्जिन : भी इन्जिनको नाम यसको आकारबाट आएको हो । यसमा सिलिन्डरलाई भी आकारमा दुई छुट्टाछुट्टै पङ्क्तिमा सेट गरिएको हुन्छ । सो इन्जिन सामान्यतया हाई परफर्मेन्स र लक्जरी सवारी साधनमा देखिन्छ, जहाँ बढी शक्ति र सहज ड्राइभिङ आवश्यक पर्छ । पहिला होन्डा, हुन्डाई सोनाटा र स्कोडा सुपर्ब जस्ता कारमा भी इन्जिन उपलब्ध थिए । यद्यपि आजकल यो सुपर लक्जरी र स्पोर्ट्स कारमा मात्र देखिन्छ । सो इन्जिन भी६, भी८, भी१० र भी१२ गरी ४ प्रकारकाे हुन्छ ।

बक्सर (फ्ल्याट) इन्जिन : बक्सर इन्जिनलाई 'फ्ल्याट इन्जिन' पनि भनिन्छ र यो अन्य इन्जिन भन्दा अलि फरक हुन्छ । यसमा सिलिन्डर दुई विपरीत पङ्क्तिमा समतल तरिकाले जडान गरिएको हुन्छ । सो डिजाइनको सबैभन्दा ठूलो फाइदा भनेको यसले सेन्टर अफ ग्राभिटी तल राख्छ, जसले कारको स्टेबिलिटी र ह्यान्डलिङमा सुधार गर्छ । सो इन्जिन बक्सर ४ र बक्सर ६ गरी २ प्रकारकाे हुन्छ र सो इन्जिन पोर्श र सुबारु जस्ता कम्पनीको पहिचान बनेको छ ।

डब्ल्यू इन्जिन : डब्ल्यु इन्जिन वास्तवमा भी इन्जिनको परिमार्जित संस्करण हो । यसमा दुई भी इन्जिन एकसाथ जोडिएको हुन्छ । सो इन्जिन अत्यन्तै दुर्लभ हुन्छ र सुपर-पर्फर्मेन्स र लक्जरी गाडीमा मात्र देख्न सकिन्छ । सो इन्जिन डब्ल्यू८, डब्ल्यू१२ र डब्ल्यू१६ गरी ३ प्रकारको हुन्छ । यो विशेषगरी बुगाटी भेरोन र बुगाटी चिरोनमा प्रयोग गरिन्छ ।

रोटरी इन्जिन : रोटरी इन्जिन अन्य इन्जिनहरू भन्दा पूर्णतया फरक छ किनभने यसमा पिस्टन प्रयोग गरिएको हुँदैन । यसको सट्टा यसमा त्रिकोणीय आकारको रोटर हुन्छ । यसको डिजाइन परम्परागत इन्जिन भन्दा सानो, हलुका र पावर-टु-वेट अनुपात हुन्छ । सो इन्जिनले बढी इन्धन खपत गर्छ र टिकाउपन कम हुन्छ । रोटरी इन्जिन प्रायः माज्दा आरएक्स७ र आरएक्स८ जस्ता स्पोर्ट्स कारमा देख्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अब सीएफमोटोका स्पेयर पार्ट्स तथा सेवा देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध

अब सीएफमोटोका स्पेयर पार्ट्स तथा सेवा देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध

काठमाडौं – ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने...

यस्ता छन् कारमा हुने हेडलाइटका प्रकार

यस्ता छन् कारमा हुने हेडलाइटका प्रकार

रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...