नाडा अटो शोमा भित्रिदै ९० लाख सम्म मूल्य पर्ने स्काइवेलका दुई प्रिमियम ईभी

काठमाडौं – नेपाली बजारमा स्काइवेलको ईटी५ ईभी बिक्री–वितरण गरिरहेको जी मोटर्सले स्काइवेलको अर्को विद्युतीय कार नेपाल ल्याउने भएको छ । जी मोटर्सले स्काइवेल बीई११ का दुई मोडल नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ । सामान्यतः यही मूल्य नै कायम हुने अनुमान गर्न सकिन्छ ।

जी मोटर्सले आगामी भदौ ११ देखि प्रारम्भ हुने नाडा अटो शोमा स्काइवेल बीई११ का दुई मोडल समेत प्रदर्शन गर्ने बताएको छ । अटो शोमा उपस्थित हुने अवलोकनकर्ताले सो गाडी हेर्न पाउने छन् ।

जी मोटर्सले गत वर्षको भदौमा सम्पन्न नाडा अटो शोमा पहिलो पटक स्काइवेलको पहिलो ईभी ईटी५ औपचारिक रुपमा भित्र्याएको थियो। कम्पनीले स्काइवेल ब्रान्डको पहिलो गाडीका रुपमा ईटी फाइभ ल्याएको थियो।

प्रिमियम इलेक्ट्रिक एसयूभीको रुपमा परिचित ईटी५ नेपालमै सबैभन्दा धेरै अर्थात ६२० किलोमिटर रेन्ज दिने गाडीको रुपमा समेत परिचित बनेको छ । यसमा भएको १५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीले जनाएको छ ।

सो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

सम्बन्धित समाचारहरू

नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ८० प्रतिशत सम्म फाइनान्सिङ

नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ८० प्रतिशत सम्म फाइनान्सिङ

काठमाडौं – नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा...

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...