रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
काठमाडौं – रोयल इन्फिल्डले भारतीय बजारमा लन्च भएको एक वर्ष नपुग्दै दुई लाख युनिट हन्टर ३५० बिक्री गरेको छ ।
सन् २०२२ को अगस्तमा लन्च गरिएको सो मोटरसाइकल २०२३ को फेब्रुअरीमा १ लाख बिक्री भएको घोषणा गरिएको थियो । यसको करिव ५ महिनामै थप १ लाख युनिट बिक्री भएको छ ।
हन्टर ३५० रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको कम्प्याक्ट मोटरसाइकल हो । यो १७ इन्च नापमा आउने ब्रान्डको पहिलो मोटरसाइकल समेत हो । यसको ह्यान्डलिङ र डिरेक्सन सहज छ ।
नेपालमा समेत यो मोटरसाइकल कहिले आउला भनेर धेरै ग्राहकले प्रतीक्षा गरिरहेको पाइन्छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले कमसेकम आगामी नाडा अटो शोमा यो मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
अल्फा अटोमोटिभले केही समय पहिले नेपाली बजारमा सार्वजनिक गरेको क्लासिक ३५० को मूल्य ५ लाख रुपैयाँ मात्र तोकेको छ । यसका आधारमा यो भन्दा कम मूल्यमै हन्टर ३५० उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...