टीभीएस, यामाहा र बजाजको महा एक्सचेन्ज मेला, कुन कत्तिको सफल

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येका तीन ठूला टु ह्विलर ब्रान्ड बजाज, यामाहा र टीभीएसले भृकुटी मण्डपमा महा एक्सचेन्ज मेला आयोजना गरे । टीभीएसबाट सुरुवात भएको उक्त मेला यामाहा हुँदै अहिले बजाजसम्म आइपुगेको छ । यसै महिनाको १८ गतेदेखि अयोजना भैरहेको बजाजको यो मेला हिजो सकिएको छ ।

मेला स्थलबाट ग्राहकले आफूसँग भएको पुरानो बाइकँंग ब्रान्ड न्यु मोटरसाइकल तथा स्कुटरको सट्टापट्टा गर्न सकिने व्यवस्था थियो । नगद र फाइनान्स सुविधामा नयाँ मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था सहित अयोजना गरिएको यी तीन ब्रान्डको महा एक्सचेन्ज मेलामा उपलब्ध सुविधा र दर्शकको सहभागिताका आधारमा फरक फरक रह्यो ।

टीभीएस– दर्शकको सहभागिता उल्लेख्य रहे पनि सोचेअनुरुप भएन कारोबार
नयाँ वर्षको शुरुवातसँगै टीभीएसले चैत्र २९ देखि वैशाख ३ सम्मका लागि अयोजना गरेको मेलामा ग्राहकले आफूसँग भएको पुरानो मोटरसाइकलको मूल्यांकन वापत आउने रकमलाई डाउन पेमेन्टका रुपमा भुक्तानी गरी शून्य प्रतिशत ब्याजदरमा मासिक जम्मा ५ हजार ९ सय ९९ रुपैयाँ किस्तामा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था मिलाइएको थियो । प्रि–बुकिङ लिने ग्राहकले २ हजार रुपैयाँको निःशुल्क एसेसरिज र बाइक खरिद गर्दा निःशुल्क हेल्मेट, रेनकोट र बाइक कभर समेत प्रदान गरिएको थियो ।

उक्त मेलामा टीभीएसले नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक गरिएको स्किम समेत उपलब्ध गराएको थियो । जस अन्तर्गत ग्राहकले बाइक खरिद गर्नुअघि र खरिद गरिसकेपछि विभिन्न चरणमा नगद उपहार र वम्परमा अपाचे ३१० आरआर उपलब्ध गराउने बताएको थियो ।

मेलामा टीभीएसले अपाचे आरटीआर १६० फोरभी बीएस६ सार्वजनिक गरेकोले यो बाइकप्रति धेरैको आकर्षण रहेको थियो ।नयाँ वर्षको शुरुवात भएसँगै पहिलो पटक अयोजना गरिएको उक्त मेलामा दर्शकहरुको सहभागिता उल्लेख्य रहेपनि कम्पनीले अपेक्षा गरेअनुसार मोटरसाइकल तथा स्कुटरको बिक्री भने गर्न सकेन । बजारमा तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले अटोलोनमा गरेको कडाइको असर उक्त मेलामा देखिएको थियो । यसअघिका मेलामा केही न केही नयाँ प्रोडक्ट लन्च गर्दै आइरहेको कम्पनीले सो मेलामा कुनैपनि नयाँ प्रोडक्ट शोकेस गर्न समेत नपाएको कारण मेलामा खासै आकर्षण देखिएन ।

यामाहा– नयाँ बाइकमा झुम्मिए दर्शक र ग्राहक
वैशाख १५ देखि २२ गतेसम्म आयोजना भएको यामाहा महा एक्सचेन्ज मेलामा दर्शकको उपस्थिति तुलनात्मक रुपमा निकै नै बाक्लो रहेको देख्न सकिन्थ्यो । यामाहाको यो मेलामा वहुप्रतीक्षित एफजेड–एक्स प्रमुख आकर्षण बनेको थियो । यसैगरी यमाहा आर१५ एम र स्मार्ट कनेक्ट फिचर्ससहित भित्रिएको रेजेड आर स्ट्रिट ¥यालीले पनि दर्शकलाई मेलास्थलमा आकर्षित गरेको प्रष्टै देखिन्थ्यो । मेलास्थलबाटै ५ सयभन्दा बढी ग्राहकलाई एमटी १५ बीएस६ हस्तान्तरण गर्दा यसले मेलाको झनै रौनक बढाएको थियो ।

यामाहाले मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाएको थियो । साथै सो ‘महा एक्सचेन्ज मेला’ मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९×१००० टाइम्स’ मा सहभागी हुने अवसर समेत पाएका थिए । एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको थियो । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पाएका थिए ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसरिज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, ‘डोर प्राइज’, र ‘डेली क्विज’ जस्ता आकर्षणहरू रहेका थिए ।

बजाज – दर्शकको न्यून सहभागिता
बजाजले जेठ १८ गतेदेखि आयोजना गरेको महा एक्सचेन्ज मेलालाई भने दर्शकले खासै रुचाएको पाइदैन । अन्तिम दिनसम्म आइपुग्दा समेत मेला स्थलमा दर्शकहरुको सहभागिता उल्लेख्य देखिएन । बजाजको यो मेलालाई वर्षातले पनि असर गरिरहेको थियो । मेला शुरु भएको दिनदेखि नै हरेक दिनजसो दिउँसो पानी परेका कारण प्रायः मेलास्थल सुनसान जस्तै देखियो ।

यो मेलामा बजाजले कुनैपनि नयाँ प्रोडक्टलाई शोकेस गर्न सकेन । यसैगरी मेला शुरु हुनुभन्दा केहीदिन पहिलेमात्र सार्वजनिक गरिएको बजेटले २०० सीसी भन्दा माथिका मोटरसाइकललाई महंगो बनाएको प्रभाव समेत मेलामा देखियो । बजाजले अहिले पल्सर २२० एफ, एभेन्जर क्रुजर २२०, डोमिनार २५० र डोमिनार ४०० गरी कुल ४ वटा मोडलका मोटरसाइकल यो सेग्मेन्टमा उपलब्ध गराउँदै आइरहेको छ । मेला चलिरहँदा यी वाइकको मूल्य बढेको समचारले समेत ग्राहकलाई दुखी बनाएको थियो ।

बजाजले यो मेलामा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल वा स्कुटर ल्याएर बजाजका नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्ने व्यवस्था मिलाएको थियो । यसरी आउने ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटरमा बजार मूल्याङकनमा थप १० हजार रुपैयाँ दिने जनाएको छ । त्यस्तै नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ छुट पाउने छन् ।

साथै, मेलामा स्पट फाइनान्सको सुबिधा, ४० प्रतिशत डाउन पेमेन्टमा पनि शून्य प्रतिशत ब्याजदरमा कर्जा र मोटरसाइकल किन्नेलाई निःशुल्क एसेसरिज दिने कम्पनीले जनाएको छ । मेलामा पल्सर २२० किन्ने सोच बनाएका ग्राहकहरुले २० हजार रुपैयाँ कममा मोटरसाइकल किन्ने अवसर समेत दिइएको छ । यद्यपि पल्सर २२० र अन्य केही मोडलमा मूल्य वृद्धि गरिने र मेला स्थलबाटै पहिलेकै मूल्यमा मोटरसाइकल उपलब्ध गराउने बताइएकाले पनि मेलामै जान धेरैलाई हौस्याएको भने थियो ।

सम्बन्धित समाचारहरू

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...

अपग्रेड भएर अयो पल्सर एनएस १६० र एनएस २००

अपग्रेड भएर अयो पल्सर एनएस १६० र एनएस २००

बजाज अटोले पल्सर एनएस १६० र एनएस २०० को २०२४ संस्करण ल्याएको छ । ई–२०...

आयो स्पोर्टी लुकको साथमा यामाहाको एमटी–१५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन

आयो स्पोर्टी लुकको साथमा यामाहाको एमटी–१५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन

यामाहाले भारतमा एमटी–१५ मोन्स्टर इनर्जी यामाहा मोटोजीपी एडिसन लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...