२०२० मा नेपाली बजार : स्कुटरको हिस्सा टीभीएस र यामाहाले खोसेपछि होन्डाले गुमायो बजार

विगत केही बर्षयता होन्डाले नेपाली बजारमा सर्बाधिक बिक्री हुने टु ह्विलर ब्रान्डको छवि बनाएको थियो । बिक्रीको ठूलो हिस्सा स्कुटर सेग्मेन्टले ओगटेका कारण होन्डा शीर्ष स्थानमा पर्न सफल भएको हो ।

त्यसबेला बजारमा होन्डा स्कुटरले एकछत्र राज गरिरहेको थियो । होन्डाको कुल बिक्रीको ६० प्रतिशत सम्मको हिस्सा स्कुटर सेग्मेन्टले ओगटेको थियो भने यो सेग्मेन्टको कुल बजार हिस्सामा होन्डा एक्लैले ९० प्रतिशत हाराहारीमा बजार जमाएको थियो । तर अहिले स्कुटर सेग्मेन्टमा यामाहा, टीभीएस र भेस्पा/अप्रिलिया जस्ता ब्रान्डहरु समेत थप भएपछि होन्डाले स्कुटर सेग्मेन्टमा मात्र नभई समग्र अटोमोबाइल क्षेत्रको बजार हिस्सा नै गुमाउनु परेको छ ।

सन् २०२० मा नेपाल आयात भएका टु ह्विलरको संख्यालाई आधार मान्दा यो बर्ष होन्डाले आफ्नो बजारहिस्सा नराम्रोसँग गुमाउनु परेको छ । अघिल्ला बर्षहरुमा पहिलो या दोस्रो स्थान ओगट्न सफल होन्डा यो बर्ष चौथो स्थानमा पुगेको छ । होन्डालाई बजाज, यामाहा र टीभीएसले पछि धकेलेको छ । यो अवधिमा आयात भएका कुल १ लाख ८८ हजार थान टु ह्विलरमध्ये बजाजले ५३ हजार थान, यामाहाले ३६ हजार र टीभीएसले ३२ हजार ५ सय हाराहारी मोटरसाइकल तथा स्कुटर नेपाल भित्र्याएको छ भने होन्डाले यो अवधिमा टीभीएसको भन्दा केही कम अर्थात ३२ हजार १ सय थान यस्ता सवारीसाधन भित्र्याएको तथ्यांकले देखाएको छ ।

मुख्य कारण स्कुटर
यामाहा र टीभीएसले स्कुटर सेग्मेन्टमा आक्रामक बजार विस्तार गर्दै लगेपछि यसको मार होन्डा ब्रान्डमा परेको छ । पछिल्लो २ बर्षयता यी २ कम्पनीले स्कुटर आयातलाइ बढाउँदै लगेका छन् । बजारमा यामाहा फेसिनो र रे जेड स्कुटर तथा टीभीएस कम्पनीको एनटर्क र जुपिटर स्कुटर लोकप्रिय समेत बनिरहेका छन् ।

नयाँ डिजाइन तथा आकर्षक फिचर्स थप भएर भित्रिएका यामाहा र टीभीएस ब्रान्डका स्कुटरले बजार बढाउँदै लगेपछि होन्डाको डिओ, एभिएटर र ग्राजिया स्कुटरको बिक्री प्रभाबित बनेको सहजै अनुमान लगाउन सकिन्छ । होन्डा मोटरसाइकल आयातकर्ता स्याकार ट्रेडिङ कम्पनीको तुलनामा यामाहा बिक्रेता एमएडब्लु इन्टरप्राइजेज र टीभीएस बिक्रेता जगदम्बा मोटर्स स्कुटर बिक्रीमा बढी नै आक्रामक समेत देखिन्छन् ।

गत बर्ष कुन कम्पनीले कति स्कुटर भित्र्याए भन्ने यकिन तथ्यांक नभेटिए पनि यो अवधिमा कुल स्कुटर आयातको झन्डै ४५ प्रतिशत होन्डाले, २५ प्रतिशत टीभीएसले र २० प्रतिशत यामाहाले भित्र्याएको नाम उल्लेख नगर्ने सर्तमा एकजना व्यवसायीले बताए । बाँकी १० प्रतिशत हिस्सा हिरो, भेस्पा/अप्रिलिया लगायत कम्पनीले भित्र्याएका हुन् । जबकी यसअघि होन्डा एक्लैले यो सेग्मेन्टमा ९० प्रतिशत हाराहारीको हिस्सा ओगट्दै आएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...