जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधाः एभरेस्ट बैंकले सजिलै ऋण दिने

काठमाडौं–एमएडब्लू अर्थमुभर्स प्रालि र एभरेस्ट बैंक लिमिटेडबीच जेसीबीका ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा एमएडब्लू अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव र एभरेस्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन् ।

सहमतिमा जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्नसक्ने उल्लेख छ ।

ऋण स्वीकृति प्रक्रियालाई थप सरल र ग्राहकमैत्री बनाउन आवश्यक सम्पूर्ण कागजातहरू पेस गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने उल्लेख छ ।

ग्राहकहरूले एभरेस्ट बैंक लिमिटेडका देशभर रहेका जुनसुकै शाखामार्फत सहज रूपमा यो वित्तीय सुविधा प्राप्त गर्न सक्ने सहमतिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको...

ट्रायम्फ नेपालको ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ एपिक राइड सफलतापूर्वक सम्पन्न

ट्रायम्फ नेपालको ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ एपिक राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं – हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. अन्तर्गत ट्रायम्फ...

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका सदस्यकाे एभरेष्ट अस्पतालमा नियमित स्वास्थ्य परीक्षण हुने

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका सदस्यकाे एभरेष्ट अस्पतालमा नियमित स्वास्थ्य परीक्षण हुने

काठमाडौँ – नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...