बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं-राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीजीओ’बीच व्यावसायिक सहकार्य भएको छ ।
आगामी विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणलाई सहज बनाउने उद्देश्यले दुई कम्पनीले संयुक्त रूपमा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक गरेका छन् ।
यो अभियान आगामी १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ ।
उत्तर अमेरिकी समय अनुसार हुने खेलहरू नेपालमा मध्यरात र बिहान प्रसारण हुने भएकाले मोबाइल तथा डिजिटल प्लेटफर्मबाट खेल हेर्न चाहने दर्शकहरूलाई लक्षित गरी यो योजना ल्याइएको हो ।
योजना अन्तर्गत हप्तामा कम्तीमा एक पटक इनड्राइभ एपमार्फत यात्रा गर्ने प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट पाउनेछन् भने हप्तामा तीनवटा राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वतः गोलाप्रथामा सहभागी हुनेछन्, जहाँ उनीहरूले निःशुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन् ।
पाँच हप्ता चल्ने यस अभियानभरि साप्ताहिक रूपमा करिब ५०० का दरले कुल २५ सय वटा निःशुल्क पास वितरण गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...