अनिल बने टीभीएस र भाइबरको डाउनलोड एन्ड विनका विजेता, पाए जेस्ट स्कुटर

काठमाडौं – टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।

टिभीएसका स्टिकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एन्ड बिजनेस डेभलपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यु टीभीएस जेस्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । सो अभियानमा ग्राहकहरुले भाइवरमा टीभीएस दशैंको आशा नामक स्टिकर डाउनलोड गरेर नयाँ टीभीएस जेस्ट स्कुटर चढ्ने अवसर पाएका थिए ।

नेपालको एक प्रमुख मोटरसाइकल वितरक जगदम्बा मोटर्स टीभीएससँग साझेदारीमा रहेकोमा गर्व गर्दै ग्राहकहरुको उत्साहजनक सहभागिताबाट निकै आनन्दित भएको र आगामी दिनमा यस्तै प्रकारको साझेदारी बढाउदै लैजाने एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले बताए ।

जगदम्बा मोटर्सका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट तर्फका जनरल म्यानेजर दीपकप्रसाद रौनियारले ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साह प्रदान गर्न टीभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रतिआभारी रहेको बताए । देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी भएको बताउदै उनले सो अभियानमा सहभागी भएर यसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...