२२५ देखी ३५० सिसी सेग्मेन्टमा टिभिएसले नयाँ मोटरसाइकल ल्याउने

टिभिएस मोटर्सले २२५ देखी ३५० सिसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । १५० देखी २०० सिसी सेग्मेन्टमा राम्रो उपस्थिती जनाउँदै आएको कम्पनीले पछिल्लो समय उच्च सिसी क्षमताका मोटरसाइकलको माग बढ्न थालेपछि ३५० सिसीसम्ममा नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको हो ।

नयाँ मोटरसाइकल ल्याउने विषयमा तयारी भइरहेको कम्पनीका प्रिमियम विजनेश हेड विमल सुम्व्लेले वताएका हुन् । उनका अनुसार यी मोटरसाइकले प्रिमियम सेग्मेन्टमा राम्रो पकड कायम गर्नेछ । उनले भने, ‘बजारमा अहिले ३५० सिसी सम्मका प्रिमियम मोटरसाइकलको माग वढ्दै गएको छ । हामीसंग यो सेग्मेन्टमा आरटिआर ३१० आरआर र रोनिन उपलब्ध भएपनि ग्राहकले अझै नयाँ मोडल खोजिरहेका छन् । उनीहरुको आवश्यकतालाई पुरा गर्न छिट्टै नयाँ मोटरसाइकल लन्च गर्नेछौ ।’ नयाँ मोटरसाइकल कहिलसम्म बजारमा आउँछ भन्ने विषयमा भने उनले खुलाएनन् ।

टिभिएसले अघिल्लो हप्ता गोवामा मोटोसोल वाइकिङ फेस्टिवलको सेकेन्ड एडिसन आयोजना गरेको थियो । दुई दिनसम्म आयोजना भएको सो मेलामा रोनिनलाई कस्टमाइज गरेर तयार पारिएको ४ वटा वाइक प्रदर्शन गरिएको थियो । यी वाइकले सहभागीहरुको ध्यान खिच्न सफल भएको थियो । केही समयअघि आरटिआर ३१० आरआरको न्याकेड भर्सन आउन लागेको विषयमा समेत समचारहरु वाहिर आएका थिए । यसलाई आधार मानेर कतिपयले नयाँ आउन लागेको प्रिमियम मोटरसाइकल ३१० आरआरको न्याकेड भसर्न हुने समेत अड्कलबाजी गरेका थिए ।

प्रिमियम मोटरसाइकलको विक्री प्रवद्र्धन गर्न कम्पनीले भारतभर ५०० भन्दा वढी छुट्टै नेटवर्क विस्तार गर्ने तयारी गरिरहेको छ । प्रिमियम सेग्मेन्ट अन्तर्गत नेपालमा टिभिएको आरटिआर ३१० आरआर मोटरसाइकल उपलब्ध रहँदै आएको छ भने रोनिन अवको केही समयपछि लन्च हुने क्रममा रहेको छ ।

सम्बन्धित समाचारहरू

१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

विशेषतः प्रौढ उमेर समूहका उपभोक्ताले बढी मात्रामा रुचाउँदै आइरहेको १२५...

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र...

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...