भृकुटीमण्डपमा टीभिएसको एक्सचेन्ज मेला, यस्ता छन् छुट र सुविधा
काठमाडौं– टीभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
टिभिएस मोटर्सले २२५ देखी ३५० सिसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । १५० देखी २०० सिसी सेग्मेन्टमा राम्रो उपस्थिती जनाउँदै आएको कम्पनीले पछिल्लो समय उच्च सिसी क्षमताका मोटरसाइकलको माग बढ्न थालेपछि ३५० सिसीसम्ममा नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको हो ।
नयाँ मोटरसाइकल ल्याउने विषयमा तयारी भइरहेको कम्पनीका प्रिमियम विजनेश हेड विमल सुम्व्लेले वताएका हुन् । उनका अनुसार यी मोटरसाइकले प्रिमियम सेग्मेन्टमा राम्रो पकड कायम गर्नेछ । उनले भने, ‘बजारमा अहिले ३५० सिसी सम्मका प्रिमियम मोटरसाइकलको माग वढ्दै गएको छ । हामीसंग यो सेग्मेन्टमा आरटिआर ३१० आरआर र रोनिन उपलब्ध भएपनि ग्राहकले अझै नयाँ मोडल खोजिरहेका छन् । उनीहरुको आवश्यकतालाई पुरा गर्न छिट्टै नयाँ मोटरसाइकल लन्च गर्नेछौ ।’ नयाँ मोटरसाइकल कहिलसम्म बजारमा आउँछ भन्ने विषयमा भने उनले खुलाएनन् ।
टिभिएसले अघिल्लो हप्ता गोवामा मोटोसोल वाइकिङ फेस्टिवलको सेकेन्ड एडिसन आयोजना गरेको थियो । दुई दिनसम्म आयोजना भएको सो मेलामा रोनिनलाई कस्टमाइज गरेर तयार पारिएको ४ वटा वाइक प्रदर्शन गरिएको थियो । यी वाइकले सहभागीहरुको ध्यान खिच्न सफल भएको थियो । केही समयअघि आरटिआर ३१० आरआरको न्याकेड भर्सन आउन लागेको विषयमा समेत समचारहरु वाहिर आएका थिए । यसलाई आधार मानेर कतिपयले नयाँ आउन लागेको प्रिमियम मोटरसाइकल ३१० आरआरको न्याकेड भसर्न हुने समेत अड्कलबाजी गरेका थिए ।
प्रिमियम मोटरसाइकलको विक्री प्रवद्र्धन गर्न कम्पनीले भारतभर ५०० भन्दा वढी छुट्टै नेटवर्क विस्तार गर्ने तयारी गरिरहेको छ । प्रिमियम सेग्मेन्ट अन्तर्गत नेपालमा टिभिएको आरटिआर ३१० आरआर मोटरसाइकल उपलब्ध रहँदै आएको छ भने रोनिन अवको केही समयपछि लन्च हुने क्रममा रहेको छ ।
काठमाडौं– टीभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ ।...
टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...